काठमाडौँ – नेकपा एमालेको तर्फबाट गोरखा २ का उम्मेदवार रहेका अब्दुश मियाँले नेपाली राजनीतिको अस्थिरताको प्रमुख कारक बनेका एक पात्रलाई राजनीतिबाटै बिदा गर्ने घोषणा गरेका छन्।
शुक्रबार नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको बारे सामाजिक संजाल मार्फत जानकारी गराउँदै यस्तो घोषणा गरेका हुन्। मियाँ एमालेको तर्फबाट गोरखा २ का उम्मेदवार रहेका छन्।
र सो क्षेत्रबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल प्रचण्ड पनि सोहि क्षेत्रबाट उठ्दैछन्। प्रचण्ड तर्फ इंकित गर्दै मियाँले नेपाली राजनीतिको अस्थिरताको प्रमुख कारक बनेका एक पात्रलाई राजनीतिबाटै बिदा गर्ने घोषणा गरेको सहजै बुझ्न सकिन्छ।
“गोरखाको निर्वाचनबारे पार्टी अध्यक्ष के.पी. शर्मा ओली ज्यू सँगको तयारी छलफल पश्चात आज वहाँकै निवासमा। पछिल्लो ३ दशकदेखि नेपाली राजनीतिको अस्थिरताको प्रमुख कारक बनेका एक पात्रलाई गोरखाले यस पटक राजनीतिबाटै बिदा गर्दैछ। साथ दिनुहोला है।”,मियाँले सामाजिक संजालमा लेखेका छन्।