पवित्र पर्व तिहार आउन अब केही समय मात्र बाँकी रहेको छ। तिहार वा दीपावलीमा सुन चाँदी किन्नु लाभदायक मानिन्छ। तर यस वर्ष धनतेरसमा सूर्यग्रहण लागेकाले शनिदेवको चालमा परिवर्तन आउने भएको छ, जसका कारण मानिसको मनमा ग्रहको स्थितिका कारण सुन चाँदी किन्नु शुभ हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको छ। यस्तो अवस्थामा धनतेरसको दिन कुन राशिका लागि सुन र चाँदी किन्नु फाइदाजनक हुन्छ हामी तपाईंलाई बताइरहेका छौँ।
कुन राशिको लागि किनमेल लाभदायक:-
यो वर्ष सूर्यग्रहण तुला राशि र स्वाति नक्षत्रमा लाग्नेछ। सूर्य, चन्द्रमा, बुध, शुक्र सबै तुला राशिमा हुनेछन्। तुला शनिको लागि उच्च र सूर्यको लागि दुर्बल छ। अक्टोबर २३ गतेदेखि शनि मकर राशिमा गोचर हुँदैछ। यस्तो अवस्थामा शनिको दशम दृष्टि यस राशिमा रहनेछ। यस्तो अवस्थामा तुला, कर्कट, मेष र मकर राशिका लागि सुन किन्नु फाइदाजनक हुने छैन।
वृष, सिंह, वृश्चिक र कुम्भ राशिका लागि सूर्यग्रहणले शुभ फल दिनेछ। यस दिन सूर्यसँग सम्बन्धित वस्तुको दान गर्दा लाभ मिल्नेछ। यी राशिका व्यक्तिहरूलाई सुन चाँदीको खरिदमा आंशिक लाभ मिल्नेछ।
मिथुन, कन्या र धनु राशिका लागि सूर्यग्रहण लाभदायी रहनेछ। यस्तो अवस्थामा यस राशिका व्यक्तिले सुन चाँदीमा लगानी गर्न सक्छन्। ज्योतिष शास्त्रका अनुसार यी राशिका व्यक्तिहरुको सुन चाँदीमा पैसा लगानी गर्नाले जीवनमा सुख-समृद्धि प्राप्त हुन्छ।
