तिहार सुरु हुन केही दिन मात्रै बाँकी छ। धनतेरस र दीपावलीमा देवी लक्ष्मीको आशीर्वाद प्राप्त गर्न मानिसहरूले उनको पूजा र विभिन्न उपायहरू गर्छन्। यस्तो अवस्थामा आउनुहोस् जानौं यस्ता के-के उपाय छन्, जसबाट माता लक्ष्मी प्रसन्न भई कृपा वर्षाउन थाल्छिन्।
बजारमा क्रिस्टलका श्री यन्त्रहरू उपलब्ध छन्, एउटा किन्नुहोस् र यस पटक दीपावलीमा पञ्चामृत र शुद्ध जलले स्नान गरी धूप नैवेद्य चढाउनुहोस् र माता लक्ष्मीको मन्त्र जप गर्नुहोस्।
कमल गट्टाको माला किनेर सोही मालाले माता लक्ष्मीको जप गर्नुहोस्, यदि नियमित समय मिल्दैन भने हरेक शुक्रबार यसो गर्नुभयो भने पनि लक्ष्मी माता तपाईसँग प्रसन्न हुन्छिन्।
यस दीपावलीमा हरेक दिन बिहान र साँझ घरमा भगवानको पूजा गर्ने नियम बनाउनुहोस्। जुन घरमा बिहान बेलुका भगवानको आरती हुन्छ, दीप प्रज्वलन गरिन्छ, त्यस घरमा माता लक्ष्मी प्रसन्न हुन्छिन्।
गाईप्रति श्रद्दा राख्ने ग्रहणी जसले भोजन बनाउँदा भोग लगाउँछिन्। गाईको लागि हरियो घाँसको व्यवस्था गरिन्छ। एसो गर्दा उक्त ग्रहणीको घरमा माता लक्ष्मीको आशीर्वाद प्राप्त हुन्छ।
घरमा खाद्यान्नको अनादर नगर्नुहोस्। जति भोक र क्षमता छ त्यति नै बनाउनुहोस् र खानुहोस्। जुन घरमा अन्नको इज्जत हुँदैन र खानाको थालमा केही अंश बाँकी रहन्छ, त्यहाँ लक्ष्मी माता रुष्ट हुन्छिन्।