सन् २०२३ बाट यी राशिले पाउँनेछन् शनिको कष्टकर दशाबाट मुक्ति, कुन-कुन राशि ?

वैदिक ज्योतिष शास्त्र अनुसार सबै ग्रहमा शनिको राशि परिवर्तनको विशेष महत्व रहेको छ। शनि सबैभन्दा ढिलो चल्ने ग्रह हो। यस कारण यसको शुभ र अशुभ प्रभाव मानिसमा लामो समयसम्म रहन्छ। शनिलाई एक राशिबाट अर्को राशिमा परिवर्तन हुन करिब साढे दुई वर्ष लाग्छ। शनिको साढेसाती र ढैय्या निकै घातक हुने भएकाले मानिसमा सधैं डर हुन्छ। जब शनिको राशि परिवर्तन हुन्छ, तब कुनै राशिमा शनिको साढेसाती सुरु हुन्छ भने कुनैमा ढैय्या सुरु हुन्छ। यसबाहेक केही राशिका व्यक्तिहरूले यसबाट छुटकारा पाउँछन्। शनि अहिले कुम्भ राशिमा छन्।

सन् २०२३ मा यी राशिबाट हट्नेछ साढे साती र ढैय्याको प्रभाव:-

१७ जनवरी २०२३ मा शनिको राशि परिवर्तन भएपछि तुला र मिथुन राशिका मानिसहरूमा शनिको ढैय्याको प्रभाव समाप्त भएको छ। यसबाहेक विगत साढे सात वर्षदेखि चलिरहेको साढेसातीबाट धनु राशिका व्यक्तिले मुक्ति पाएका छन्। ३ राशिमा शनिको प्रभाव समाप्त भएपछि मानिसका लागि शुभ दिन सुरु हुनेछ। रोकिएको काम फेरि सुरु हुनेछ। धन सम्पत्तिमा वृद्धि हुनुका साथै मान-सम्मानमा वृद्धि हुनेछ। राम्रो कामको प्रस्ताव आउन सक्छ। व्यापार व्यावसायमा राम्रो लाभ हुनेछ र स्वास्थ्यमा सुधार हुनेछ।

सन् २०२३ मा यी राशिमा सुरु हुनेछ साढे साती र ढैय्याको प्रभाव:-

शनि कुम्भ राशिमा प्रवेश गर्दा, मीन राशिमा साढे सातीको पहिलो चरण सुरु हुनेछ। यसरी सन् २०२३ मा कुम्भ, मकर र मीन राशिमा शनिको साढे साती सुरु हुनेछ। अर्कोतर्फ शनिको ढैय्याको कुरा गर्ने हो भने सन् २०२३ मा कर्कट र वृश्चिक राशिमा शनिको ढैय्या सुरु हुनेछ। यस्तो अवस्थामा यी राशिका व्यक्तिहरूको जीवनमा विभिन्न प्रकारका समस्याहरू देखा पर्नेछन्।

प्रकाशित : बुधबार, असोज २६, २०७९०९:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कहिले परेको छ कार्तिक महिनाको रमा एकादशी ? लक्ष्मी र भगवान विष्णुलाई यसरी गर्नुहोस् प्रशन्न !