विषालु सर्प जस्ता हुन्छन् यस्ता मानिस, मर्नै लागेका छन् भने पनि गर्नुहुँदैन् सहयोग

काठमाडौँ : प्राय: हामीलाई उदार बन्न पाठ सिकाइन्छ। गरिब, दीनदुखी, असहाय-अशक्तलाई सहयोग गर्न र उनीहरुप्रति दया देखाउन भनिन्छ। तर साथ र सहयोग केवल सीमित मान्छेहरुका लागि गरियो भने मात्र उपयुक्त हुन्छ। कतिपय यस्ता मान्छे हुन्छन् जसलाई भुलेर पनि दया देखाउनुहुँदैन्। उनीहरुलाई सहयोग गर्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु बराबर हो। यी तीन मानिसहरुका बारेमा नीति शास्त्रका ज्ञाता आचार्य चाणक्यले पनि आफ्नो चाणक्य नीतिमा चर्चा गरेका छन्।

दुष्ट र चरित्रहीन महिला : – 

आचार्य चाणक्यका अनुसार स्वभावैले दुष्ट र चरित्रहीन महिलालाई कहिल्यै पनि सहयोग गर्नुहुँदैन्। सधैं अरूको अपमान गर्ने महिलालाई सहयोग नगर्नु नै तपाईको हितमा छ। यदि तपाईंले मद्दत गर्नुभयो भने उसले तपाईको पनि फाइदा उठाउन सक्छ। यस्ता महिलाहरू प्रायः पैसाको मोहमा पर्छन्।

यस्ता स्त्री समाजमा एक विषालु सर्प जस्तै हुन्छिन्, जसले जतिबेला पनि जोसुकैलाई पनि डस्न सक्छ। यस्ता महिलाले आफ्ना भावी सन्ततिलाई पनि त्यहीँ गुण दिन्छिन्। त्यसपछि उसको सन्तान पनि समाजको लागि समस्याको जड बन्छन्। त्यसैले उनीहरुलाई कहिल्यै पनि सहयोग नगर्नुहोस्।

मूर्ख व्यक्ति : – 

आचार्य चाणक्यका अनुसार मूर्ख व्यक्तिलाई कहिल्यै सहयोग गर्नु हुँदैन। उनीहरुसँग कहिले पनि मित्रता वा झगडा गर्नु हुँदैन। उनीहरूलाई सल्लाह दिनु भनेको समयको पूर्ण बर्बादी हो। मुर्ख व्यक्तिले आफ्नो तर्क-वितर्कले तपाईलाई हराउने प्रयास गर्नेछ। तपाईको कुरा बुझ्ने प्रयास गर्दैनन्।

यदि तपाईले उसको भलाइको लागि उसलाई सम्झाउने-बुझाउने गर्नुभएमा उसले त्यसलाई आफ्नो अहंकारमा चोट लागेको बुझ्छ। त्यसपछि तपाईलाई उसले आफ्नो शत्रु ठान्न थाल्छ। उसँग सम्बन्ध कायम राख्नु भनेको आफूलाई मानसिक तनावमा राख्नु बराबर हो। त्यसैले यस्ता मूर्ख व्यक्तिहरुबाट जति टाढा रह्यो उत्ति नै लाभदायी हुनेछ।

नकारात्मक र सधैं दुखी हुने मान्छे : – 

आचार्य चाणक्यका अनुसार हामी नकारात्मक विचारका मानिस र सधैँ दुखी हुने मान्छेबाट टाढै रहनुपर्छ। एक बुद्धिमान व्यक्तिले कठिन परिस्थितिमा पनि सकारात्मक सोचले आफूलाई सन्तुष्ट पार्न सक्छ। तर मूर्ख र नकारात्मक व्यक्ति कहिल्यै सन्तुष्ट हुन् सक्दैनन्। उसले सधैं नराम्रो नै सोच्छन्।

उसको मनमा नराम्रो भावना रहिरहन्छ। उसको शोकले तपाईलाई पनि दुखी बनाउन सक्छ। ऊ तपाईको खुशी देखेर डाहाले जल्न पनि सक्छन्। कहिलेकाहीँ ऊ दुःखी भएको नाटक गर्छ र वातावरणमा नकारात्मकता फैलाउँछ। तपाई यस्ता व्यक्तिहरुबाट सकेसम्म टाढै रहनुपर्छ। उनीहरुलाई सहयोग पनि गर्नुहुँदैन्।

प्रकाशित : बुधबार, असोज २६, २०७९११:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

धनतेरसको दिन यसरी गर्नुहोस् धन देवता कुबेरको पूजा: हुनेछ धन वर्षा !