एकै दिनमा चम्किन्छ तपाईंको भाग्य, दैनिक बिहान नुहाएर गर्नुहोस् मात्र यस्तो एक काम

हिन्दु धर्ममा सूर्य देवतालाई जल चढाउने विशेष महत्व बताईएको छ। नियमित स्नानपछि सूर्यदेवलाई पूर्ण अर्घ्य दिँदा प्रसन्‍न भई आशीर्वाद दिने गर्छन्, मानिसको दुर्भाग्य हटेर सूर्य जस्तै चम्कन थाल्छ। तर सूर्यदेवलाई अर्घ्य दिने सम्बन्धमा शास्त्रमा केही नियमहरु बताईएको छ। यदि यी नियमहरूमा ध्यान दिएन भने सूर्य भगवान क्रोधित हुन्छन्।

धेरैजसो मानिस बिहान उठेर नुहाएर सूर्यदेवलाई जल अर्पण गर्छन्। तर कहिलेकाहीँ आफ्नो सानो गलत विश्वासका कारण पूजाको पूर्ण फल प्राप्त हुँदैन। सूर्यदेवलाई जल चढाउँदा धेरै लाभ हुने बताईएको छ। तर यो लाभ तब मात्र प्राप्त हुन्छ जब सूर्य देवतालाई सबै उपाय पालना गरेर जल चढाइन्छ।

सूर्यदेवलाई अर्घ दिँदा यी कुरामा ध्यान दिनुहोस्

शास्त्रमा भनिएको छ कि सूर्यदेवलाई जल अर्पण गर्दा सधै तामाको भाँडो प्रयोग गरिन्छ। भनिन्छ तामा सूर्यको धातु हो। बिहान सूर्यदेवलाई अर्घ्य दिँदै हुनुहुन्छ भने अक्षता, रोली, फूल आदिलाई जलमा हाल्नुहोस्। पूर्ण अर्घ्य दिएपछि मात्र सूर्यदेवको कृपा मिल्छ। यदि तपाईं सूर्य देवतालाई जल अर्पण गर्दै हुनुहुन्छ भने, जल चढाउँदा गायत्री मन्त्रको जप गरिरहनुहोस्।

सूर्यदेवलाई जल अर्पण गर्दा निस्कने पानीको धारामा सूर्यको किरण हेर्दा आँखा तेजिलो हुने जनविश्वास छ। सूर्यदेवलाई जल चढाएपछि भुइँमा खसेको जल टाउकोमा लगाउनुहोस्। यसो गर्नाले सूर्य भगवानले तपाईंको सबै मनोकामना पूरा गर्नुहुनेछ। सूर्य देवतालाई आत्माको कारक मानिन्छ। साँचो हृदयले सूर्यदेवको आराधना गर्नाले व्यक्तिलाई आदर र सम्मान मिल्छ।

भनिन्छ, जसको कुण्डलीमा सूर्य कमजोर हुन्छ, उनीहरुको सबै सरकारी काम प्राय ठप्प हुन्छ। व्यापारमा घाटा हुन्छ र कार्यालयमा अन्य व्यक्तिहरूसँग मनमुटाव उत्पन्न हुन्छ। नियमित रूपमा सूर्यदेवलाई अर्घ्य दिनाले व्यक्तिको कुण्डलीमा सूर्य देवता बलवान हुन्छन्। सूर्यदेवको आराधना गर्नाले शत्रु र रोग नाश हुने विश्वास रहेको छ। साथै डरबाट पनि मुक्ति मिल्छ।

प्रकाशित : मङ्गलबार, असोज २५, २०७९१४:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२७ वर्षपछि यो वर्ष तिहारमा हुँदै यस्तो ठूलो परिवर्तन, जान्नुहोस् !