मेष राशि

यो साता हरेक क्षेत्रमा सफलता मिल्नेछ। आफन्त तथा दाजु-भाइसँग सहकार्यको अवसर मिल्नेछ। यो समय तपाईंका लागि नयाँ कामको थालनी गर्न अनुकूल हुनेछ। लाभदायक यात्रा हुने रहेको छ। वैदेशिक कार्य पनि अघि बढ्ने सम्भावना छ।
वृष राशि

आफन्तसँग रमणीय भेटघाट हुनेछ। शिक्ष क्षेत्रमा रहेका मानिसको लागि यो समयले निकै राम्रो सफलता दिनेछ। विद्यार्थी वर्गका लागि पनि समय उत्कृष्ट रहनेछ। प्रेम सम्बन्ध मजबूत हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ।
मिथुन राशि

भाग्यको पुरा साथ मिल्नेछ, जसले गर्दा हरेक कार्यमा सफलता मिल्ने देखिन्छ। लामो समय देखि रोकिएका कार्य यो समयमा पूरा गर्न सकिन्छ। प्रेम तथा दाम्पत्य जीवन सुखमय रहनेछ। आकस्मिक धन लाभ मिल्ने प्रबल सम्भावना रहेको छ। साहित्यिक क्षेत्रमा रुचि पनि बढ्नेछ।
कर्कट राशि

यस साता कुनै कुराले मनमा निराशाको भावना उत्पन्न हुने स्थिति आउनेछ। आर्थिक कारोबारमा केही समस्या आउनेछ। साताको मध्यबाट परिस्थिति अनुकूल हुनेछ। घरमा शुभकार्य हुने सम्भावना छ। प्रेम सम्बन्धमा सुमधुरता छाउनेछ। मनमा हर्ष, उमङ्ग र उत्साहको भावना आउनेछ।
सिंह राशि

यो समयमा हरेक काममा सफलता मिल्ने सम्भावना छ। राजनैतिक कार्यका लागि पनि यो समय अनुकूल देखिन्छ। आर्थिक पक्ष मजबूत रहनेछ। आकस्मिक धन लाभ मिल्ने सम्भावना प्रबल रहेक छ। प्रेम सम्बन्ध पनि मजबूत हुनेछ। साथी-भाइसँग रमणीय भेटघाट हुनेछ।
कन्या राशि

कार्यक्षेत्रमा पदोन्नतीको सम्भावना रहेको छ। दिमाग लगाएर काम गर्ने हो भने सफलता मिल्ने सम्भावना उच्च हुन्छ। अप्रत्याशित सफलता मिल्दा मन प्रशन्न रहन्छ। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान बढ्नेछ। धन लाभ मिल्ने सम्भावना रहेको छ।
तुला राशि

आकस्मिक धन लाभ मिल्ने देखिन्छ। नयाँ कार्य गर्न यो समय अनुकूल रहेको छ। धर्मकर्ममा मन लाग्नेछ। यो समयमा हरेक क्षेत्रमा सफलता मिल्ने देखिन्छ। प्रागतिका ढोका खुल्नेछन्। आफन्त तथा दाजु-भाइबाट साथ सहयोग मिल्नेछ। कतैबाट शुभ समाचार सुन्न पाइएला।
वृश्चिक राशि

साताको सुरुवात तपाईंका लागि त्यति शुभ नरहला। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। साताको मध्यबाट भने समय अनुकूल हुँदै जानेछ। लामो समयदेखि रोकिएका कार्य यस समयमा पूरा हुनसक्छ। कार्यक्षेत्रमा पदोन्नतीको सम्भावना छ।
धनु राशि

रमणीय यात्राको सम्भावना रहेको देखिन्छ। सामाजिक कार्यमा तपाईंको रुचि बढ्नेछ। धन लाभ मिल्ने संकेत छ। घरमा शुभ कार्यको आयोजना हुनसक्छ। साताको मध्यपछि भने केही कारणले गर्दा मन खिन्न हुनसक्छ। अनावश्यक खर्च बढ्न सक्छ।
मकर राशि

रोकिएका कार्य पुन: सुचारु हुनेछन्। घरमा धार्मिक कार्य हुने सम्भावना छ। व्यापार व्यवसायबाट खुब लाभ मिल्नेछ। पारिवारिक वातावरण सुखमय रहनेछ। नयाँ कार्य सुरु गर्न यो समय अनुकूल रहेको छ। प्रेम सम्बन्ध बलियो हुनेछ।
कुम्भ राशि

मन प्रशन्न रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ। कार्यक्षेत्रमा पदोन्नती तथा तलब वृद्धिको सम्भावना रहेको छ। साथी-भाइको विशेष साथ सहयोग प्राप्त हुने देखिन्छ। साताको अन्त्य भने त्यति शुभ नरहला। आर्थिक संकट आउनसक्छ। आम्दानीमा गिरावट आउनेछ।
मीन राशि

समय त्यति राम्रो नरहला। शत्रुबाट हानि हुनसक्छ, सजग रहनुहोला। कार्यक्षेत्रमा विशेष सावधानी आपनाउनुहोला, तपाईं माथि षड्यन्त्र हुनसक्छ। साताको अन्त्य भने शुभ रहनेछ। आर्थिक स्थिति मजबूत हुनेछ। आकस्मिक धन लाभ मिल्ने सम्भावना छ।
