तीन हाइड्रोपावर कम्पनीले गरे लाभांश घोषणा ! कुन कम्पनीको कति ?

काठमाडौ, नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत विभिन्न तीन हाइड्रोपावर कम्पनीहरूले सेयरधनीहरूका लागि गत आर्थिक वर्षको लाभांश दिने घोषणा गरेका हुन् । लाभांश प्रस्ताव गर्ने कम्पनीहरूमा रुरु जलविद्युत परियोजना, अरुण काबेली पावर र सानिमा माई हाइड्रोपावर कम्पनी छन् ।

रुरु जलविद्युत परियोजनाले यस वर्ष कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको ७ असोजको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८\७९ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै, अरुण काबेली पावरले यस वर्ष १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८\७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू १ अर्ब ८५ करोड ५२ लाख १० हजारको आधारमा उक्त बोनस सेयर वितरण गर्न लागेको हो ।

त्यसैगरी, सानिमा माई हाइड्रोपावरले २०७८\७९ सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो ।

प्रकाशित : सोमबार, असोज २४, २०७९१३:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नुवाकोटमा सत्ता गठबन्धन संकटमा, एकीकृत समाजवादी बाहिरिने !