यी राशिमा २४ सै घण्टा रहन्छ शनिदेवको कृपा, सुख दिनुअघि दिन्छन् यस्ता सङ्केत

काठमाडौँ : न्यायका देवता शनिदेवसँग सबैजसो मानिस डराउँछन्। शनिले कर्मअनुसार राम्रो या नराम्रो फल दिन्छ। कुण्डलीमा शनि ग्रहको स्थितिले पनि धेरै महत्व राख्छ। यदि शनि कुण्डलीमा अशुभ स्थितिमा छ भने आर्थिक सङ्कट, दुर्घटना, दुखजस्ता कुराहरु आउँछन्। यदि कुण्डलीमा शनि शुभ स्थितिमा छ भने सुख, धनलाभ, सौभाग्य, सुरक्षा जस्ता चीजहरुको आगमन हुनेछ। शनिदेव प्रसन्न हुँदा यी विशेष सङ्केत दिने गर्छ।

शनिदेव प्रसन्न हुँदा भेटिन्छन् यी संकेत

१. यदि अचानक भाग्यले साथ दिन थाल्यो र सम्पूर्ण कुराहरु भाग्यको दममा सफल हुन् थाले भने सोच्नुहोस् कि शनिदेव तपाईसँग प्रसन्न छन्। शनिदेव प्रसन्न हुँदा दुर्भाग्य सधैँको लागि टाढिन्छ।

२. शनिबारको दिन मन्दिर या अन्य कतैबाट तपाईको जुत्ता या चप्पल चोरी भयो भने यो पनि एक शुभ सङ्केत हो। यसको मतलब तपाईमाथि केही विपत्ति आउन लागेको थियो, त्यो हटेको छ।

३. जागिरमा अचानक बढुवा हुनु, व्यापारमा ठूलो लाभ हुनु या कुनै पनि प्रकारको धन लाभ हुनुले पनि शनिदेव तपाईसँग प्रसन्न रहेको देखाउँछ।

४. दुर्घटनामा बाँच्नुभयो, समाजमा बढी इज्जत पाउनुभयो या सोच्दै नसोचेको चीज हात पर्यो भने सोच्नुहोस् कि शनिदेव तपाईप्रति दयालु छन्।

५. शनिदेवले कृपादृष्टि देखाउँदा तपाईको कपाल, नङ, हड्डी र आँखा चाँडै कमजोर हुँदैनन्। यी स्वस्थ रहनुले पनि शनिदेवको प्रसन्नता देखाउँछ।

यी राशिहरुमाथि सधैँ दयालु रहनेछन् शनिदेव : – 

ज्योतिषशास्त्रका अनुसार शनि ग्रह दुई राशिको स्वामी हो। यी राशिहरु मकर र कुम्भ हुन्। कुम्भ र मकरको सातौँ भावमा शनिदेव हुन्छ। त्यस्तै तुला राशिको उच्च भावमा पनि शनि हुन्छ। एघारौँ भावमा शनिको स्थितिलाई अत्यन्तै शुभ मानिन्छ। त्यसैले शनिदेव मकर, कुम्भ र तुला राशिका लागि शुभ मानिन्छ।

यसरी पार्नुहोस् शनिदेवलाई प्रसन्न 

दीर्घायु, दुख, दुःख, वृद्धावस्था, अनुशासन, प्रतिबन्ध, जिम्मेदारी, ढिलाइ, महत्वाकांक्षा, नेतृत्व, अधिकार, विनम्रता, अखण्डता र अनुभवबाट पैदा भएको ज्ञान इत्यादि चीजहरुको नियन्त्रण शनिदेवको हातमा हुन्छ। यदि तपाईले केही खास उपाय अपनाई शनिदेवलाई प्रसन्न पार्नुभयो भने यिनले संसारका सबै सुख प्रदान गर्छ।

१. शनिदेवको पूजा गर्दा शनि यन्त्रको प्रयोग लाभदायक हुन्छ। शनिबार व्रत बसेर या कुनै कालो चीज जस्तै कालो दाल, कालो तिल, कालो कपडा इत्यादि दान गरेर शनिदेवलाई प्रसन्न पार्न सक्नुहुन्छ।

२. शनिदेवलाई तोरीको तेल र कालो तिल चढाउनु पनि शुभ मानिन्छ। यसबाहेक शनिदेवको मन्दिरमा घोडाको नाल  पनि चढाउँन सक्नुहुन्छ। हनुमानजीलाई प्रसन्न गरेर शनिदेवलाई पनि प्रसन्न गर्न सकिन्छ।

प्रकाशित : आइतबार, असोज २३, २०७९१५:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तिहार लगत्तै कष्टकर जीवन सुरु हुनेछ यी ५ राशिको, अशुभ समय सुरु हुँदै !