सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाएनन् टिकट

धनगढी,  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आगामी निर्वाचनका लागि टिकट पाएका छैनन् । मुख्यमन्त्री भट्टले सुरुमा संघीय निर्वाचन क्षेत्रका लागि डोटीबाट प्रत्यक्षमा टिकट मागेका थिए । तर डोटीमा एकीकृत समाजवादी पार्टीबाट पूर्वमन्त्री प्रेम आलेले टिकट पाए ।

मुख्यमन्त्री भट्टले प्रदेशसभामा टिकट माग गरे पनि डोटी प्रदेशसभा ‘ख’ मा मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले टिकट पाएका छन् ।

डोटी प्रदेश सभा ‘क’ नेपाली कांग्रेसले भागमा परेको छ । डोटीमा प्रतिनिधिसभा सदस्यको टिकट एकीकृत समाजवादीले पाएपछि डोटीमै रहेका नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव लड्दैछन् ।

प्रकाशित : आइतबार, असोज २३, २०७९१२:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रेखा थापाले गरिन् मोरङ ३ मा उम्मेदवारी दर्ता, भनिन् – यो युवाले गरेको विद्रोह हो