सुनको मूल्य ह्वात्तै बढ्यो, सुन ५३ दिनकै महँगो !

काठमाडौँ – साताको पहिलो दिन नै नेपाली बजारमा सुनको मूल्य बढेको छ। दशैं पछि बजार खुलेको पहिलो दिन नै सुनको मूल्य ह्वात्तै बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ३ हजार रुपैंयाँले बढेको छ। आज छापावाला सुन ९६ हजार रुपैंयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ हजार रुपैंयाँले नै बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ९५ हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुन ५० दिन भन्दा बढी समयकै महँगो

सुनको मूल्यमा भएको यो वृद्धिसँगै नेपाली बजारमा सुन झन्डै दुई महिनाकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य भदौ १ गते पछिकै महँगो हो। यस हिसाबले आज सुन ५३ दिन कै महँगो भएको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा चाँदीको मूल्य तोलामा रु ८५ ले बढेको छ। आज चाँदी १ हजार २ सय ५५ रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : आइतबार, असोज २३, २०७९११:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राप्रपा अध्यक्ष लिङ्देनले गरे उमेदवारी दर्ता