काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शुभकामना दिएका छन्। दाहालले गोरखा–२ बाट चुनाव लड्ने भएपछि भट्टराईले सामाजिक सञ्जाल मार्फत विजयको शुभकामना दिएका हुन्।
भट्टराईले आफूले प्रतिनिधित्व गर्दै आएको क्षेत्रबाट निर्वाचन लड्ने प्रचण्डको घोषणाको स्वागत गरेका छन्। भट्टराईले ट्वीटरमा लेखेका छन्,”मैले प्रतिनिधित्व गर्दै आएको गोरखा(२ बाट यसपटक क। पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु।”
वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोट समेत रहेको क्षेत्रबाट प्रचण्डको उम्मेदवारी सांकेतिक रुपमा धेरै महत्वपूर्ण रहेको बाबुरामको भनाई छ। भट्टराई लेख्छन्,”वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट उहाँको उमेदवारी निकै ठूलो सांकेतिक महत्वको छ। उहाँको शानदार विजयको हार्दिक शुभकामना।”
मैले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु।वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट वहाॅको उमेदवारी निकै ठुलो सांकेतिक महत्वको छ। वहाॅको शानदार विजयको हार्दिक शुभकामना! pic.twitter.com/a9hapxU01T
— Baburam Bhattarai (@brb1954) October 7, 2022
नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार साँझ अबरेसम्म बसेको पदाधिकारी बैठकले चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
२०६४ सालमा रोल्पा–२ र काठमाडौं–१० वाट निर्वाचित प्रचण्ड, २०७० को निर्वाचनमा काठमाडौं–१० वाट पराजित हुदाँ सिरहा–५ वाट बिजयी भएका थिए भने २०७४ मा चितवन–३ वाट विजयी प्रचण्ड २०७९ को निर्वाचनमा भने काठमाडौं–२ वाट उम्मेदवार हुन लागेको हुन ।