यस्तो रह्यो प्रियंका, आयुष्मान र आयाङ्काको दशैं ! [तस्विर सहित]

काठमाडौँ – दुर्गापक्षको मुख्य दिन बुधबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइएको छ। हिन्दू धर्म मान्ने सर्वसाधारणसँगै कलाकारहरुले पनि दशैं मनाए।

दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद दशमीका दिनबाट ग्रहण गर्ने चलन छ। आज देवी विसर्जनको उत्तम साइत १०:३४ बजे थियो भने टीका लगाउने साइत ११ बजेर ५१ मिनेटमा थियो। सोहि अनुसार देशभर टीका गर्न गरियो।

यति बेला सामाजिक संजाल दशैंका तस्विरहरुले राताम्मे भएका छन्। सामाजिक संजालमा सर्वसाधारण मात्र नभई कलाकारहरुले पनि तस्विरहरु शेयर गरिरहेका छन्।

यसै बीच बुधबार चर्चित नायिका प्रियंका कार्कीले पनि दशैं मनाएकी छन्। कार्कीले पति आयुष्मान देशराज जोशी, छोरी आयाङ्का र परिवारसँग दशैं मनाएकी हुन्।

सामाजिक संजाल मार्फत सबैलाई विजया दशमीको शुभकामना दिँदै तस्विरहरु पनि प्रियंकाले सार्वजनिक गरेकी छन्। तस्विरहरु सार्वजनिक गर्दै उनले लेखेकी छन्,”बिजया दशमी २०७९ को यहाँहरु सबैमा हार्दिक मंगलमय शुभकामना।”

तस्विर : सामाजिक संजाल

प्रकाशित : बुधबार, असोज १९, २०७९१७:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राम बन्न डराएका थिए प्रभास, कारण यस्तो !