यस्तो रह्यो प्रचण्ड परिवारको दसैँ, प्रचण्डको भने निधार रित्तो ! [तस्विर सहित]

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले यस वर्ष पनि दसैँको टीका ग्रहण गरेनन्। बुवा मुक्तिराम दाहालको निधन भइसकेका कारण प्रचण्डले यस पटक पनि दसैँको टीका ग्रहण नगरेका हुन्।

जनयुद्धमा दसैँ नमनाएपनि प्रचण्डले शान्तिप्रक्रिया पछि भने परिवारसँग दसैं मनाएका थिए। तर बुवा बितेपछि भने प्रचण्डले दसैँको टीका ग्रहण गर्ने गरेका छैनन्।

प्रचण्डका एक छोरा र एक छोरी पनि गुमाइसकेका छन्। आफूले टिका ग्रहण नगरेपनि प्रचण्डले छोरीहरू, बुहारी र नातिनातिनालाई टिका लगाइदिए।

प्रचण्डकी छोरी गङ्गा दाहालले सामाजिक संजाल मार्फत दसैं मनाउँदै गरेका तस्विरहरु सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेका तस्विरहरुमा प्रचण्डको निधार रित्तो देखिएको छ।

तस्विर :सामाजिक संजाल

प्रकाशित : बुधबार, असोज १९, २०७९१६:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

४० प्रतिशत हिस्सा लिएरै छाड्ने कोइराला समुहको ठहर