यी राशिका पुरुषलाई पाउँन तँ छाड म छाड गर्छन् हरेक युवती

Shot of an affectionate young couple sharing a tender moment at sunset

सबैको व्यक्तित्व फरक फरक हुन्छ, ज्योतिष शास्त्र अनुसार यसको कारण फरक-फरक राशिलाई मानिएको छ। जसका कारण प्रत्येक राशिका व्यक्तिमा फरक फरक गुण हुन्छ। यस्तो अवस्थामा ज्योतिष शास्त्रको माध्यमबाट व्यक्तिको व्यक्तित्व, विशेषता, रुची, भविष्य, प्रेम, करियर, सम्बन्ध, धनसम्पत्ति आदि बारे थाहा पाउन सकिन्छ। त्यस्तै, हामी सबैको जिज्ञासाको विषय यो पनि हुन्छ कि हाम्रो जीवनसाथी कस्तो रहन्छ भन्ने। वास्तवमा, राशि अनुसार हरेक राशिका मानिसको फरक फरक रुची हुनसक्छ।

राशिफलमा ग्रहहरुको प्रभाव पर्ने विश्वास गरिन्छ। यस्तो अवस्थामा सम्बन्धित राशिका मानिसहरुको स्वभाव ग्रहहरुको प्रभावमा आधारित हुन्छ। यस्तो अवस्थामा आज हामी त्यस्ता राशिका बारेमा जान्नेछौं, जुन राशिका पुरुष भनेपछि हरेक युवती फिदा हुने गर्छन्। यी मानिस कुनै पनि युवतीको मन सजिलै जित्न सक्षम हुन्छन्।

मिथुन राशि 

ज्योतिष शास्त्रका अनुसार मिथुन राशिका मानिस महिलाको मामिलामा निकै भाग्यमानी हुन्छन्। यस राशिका मानिसले महिलाको ध्यान आकर्षित गर्न धेरै मेहनत गर्नुपर्दैन। यसको लागि उनीहरुको आकर्षक व्यक्तित्व पर्याप्त हुन्छ। यस्तो अवस्थामा मिथुन पुरुषले तुरुन्तै महिलाको ध्यान आफ्नोतर्फ आकर्षित गर्छन्। यस राशिका पुरुषहरु धेरै नरम र रोमान्टिक हुन्छन्, जसका कारण केटीहरु उनीहरुतर्फ सजिलै आकर्षित हुन्छन्। यो राशिका पुरुष भावुक हुनुका साथै महिलालाई राम्रोसँग बुझ्छन्, जसका कारण उनीहरु सजिलै कसैको मनमा जित्न सफल हुन्छन्।

सिंह राशि 

सिंह राशिका पुरुषहरू धेरै रोमान्टिक हुन्छन् र महिलाहरूलाई उनीहरूसँग फ्लर्ट गर्न कुनै हिचकिचाहट हुँदैन। यसका साथै यस राशिका पुरुषहरुको मन एकदमै सफा हुन्छ र उनीहरुको सम्बन्ध राम्रो हुन्छ। यो राशिका केटाहरूप्रति केटीहरू सजिलै आकर्षित हुन्छन्। उनीहरुको मिलनसार स्वभावका कारण केटीहरु उनीहरुसँग छिट्टै साथी बन्छन्। सिंह राशिका पुरुषहरु निकै संवेदनशील हुन्छन्, जसका कारण युवतीहरु उनीहरुप्रति पहिलो नजरमा नै आकर्षित हुन्छन्।

तुला राशि 

तुला राशि भएका व्यक्तिहरुको आँखामा विशेष गुण हुन्छ, जसका कारण सुन्दर युवतीहरु चाँडै उनीहरुतर्फ आकर्षित हुन्छन्। यस राशिका पुरुष प्रेम र काम बीच धेरै राम्रो सन्तुलन राख्न माहिर हुन्छन्। यो राशिका केटाहरु हरेक काम धेरै सोचेर गर्छन्। यी गुणका कारण पनि महिलाहरु तुला राशिका पुरुष तर्फ छिट्टै आकर्षित हुन्छन्। साथै, उनीहरु अलिकति लजालु स्वभावका पनि हुन्छन् तर युवतीहरु बिस्तारै उनीहरूसँग प्रेममा पर्छन्।

मकर राशि 

मकर राशिका पुरुषहरु रुपको हिसाबले निकै भाग्यमानी हुन्छन्। हरेक युवती पहिलो नजरमा नै यी पुरुषलाई मन दिन सक्छन्। सुन्दर हुनुका साथै यस राशिका व्यक्तिमा कसैलाई पनि प्रभावित गर्न सक्ने क्षमता हुन्छ। मकर राशिका पुरुषहरूको हरेक शैली, विशेष गरी बोल्ने तरिका यति विशेष हुन्छ कि केटीहरू आफैंले त्यसमा चासो देखाउँछन्। उनीहरुको व्यक्तित्व निकै आकर्षक हुन्छ। यस राशिका केटाहरू धेरै सक्रिय र स्मार्ट हुन्छन्।

प्रकाशित : आइतबार, असोज १६, २०७९११:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पतिको भाग्य पनि बदल्दिनछन् यी राशि भएका युवतीले , कुन-कुन ?