भनिन्छ मायामा मानिसले धन-सम्पति, उमेर, जात केहि पनि हेर्दैन। जब कुनै मानिस हामीलाई मन पर्छ तब उक्त व्यक्तिको हरेक कमी-कमजोरीका साथ पनि हामी उक्त मानिसलाई अपनाउन तयार हुन्छौं र उक्त व्यक्तिको हरेक कुरा मन पर्छ।
सबैको माया-प्रेम सफल नै हुन्छ भन्ने छैन भने कसैले आफूले प्रेम गरेको मानिस पाउन सकिन्छ भन्ने छैन। केहि मानिसहरुको प्रेम एकतर्फी मायामा नै सिमित हुन्छ। केहि मानिस कसैको एकतर्फी मायामा पागल हुने गर्छन्। यस्तोमा यस्ता केहि राशिका मानिस हुन्छन् जो कसैको एकतर्फी मायामा पागल हुने गर्छन्। यी राशि निम्न अनुसार रहेका छन्….
मेष राशि
मेष राशिका मानिस कसैलाई छिट्टै विश्वास गर्ने गर्छन् जसको कारण उनीहरुले प्राय: धोका पनि पाउने गर्छन्। आफूले मन पराएको मानिसको अत्यन्त नै ख्याल राख्ने यस राशिका मानिस प्रेम गरेको व्यक्तिलाई आफ्नो भावना व्यक्त गर्न नसक्दा उनीहरुको प्रेम धेरैजसो अधुरो नै रहने गर्छ।
मिथुन राशि
निकै आकर्षक व्यक्तित्वका धनि हुने मिथुन राशिका मानिसले कुनै पनि व्यक्तिलाई छिट्टै विश्वास गर्ने गर्छन्। मानिसको सुन्दरता भन्दा मन हेरेर प्रेम गर्ने यी राशिका मानिसले प्राय: जसो धोका पाउने गर्छन्। यी राशिका मानिसको प्रेम अधुरो नै रहने गर्छन्।
कर्कट राशि
प्रेममा हरेक कुराहरु त्याग गर्न समेत तयार हुने यस राशीका व्यक्तिहरु निकै सुन्दर र उदार भावनाका हुने गर्छन। यी राशीका व्यक्तिहरु आफ्ना प्रेमीलाई अधिक विश्वास गर्ने गर्छन्। तर यसको फाईदा लिने व्यक्तिहरुले प्रेममा धोका दिन सक्छन्। जसको कारण यी मानिसको माया अधुरो नै हुने गर्छ।
कन्या राशि
निकै जिद्दी र रिसालु स्वभावका हुने कन्या राशिका मानिस आफूले प्रेम गरेको मानिसको लागि भने ज्यान दिन समेत तयार हुने गर्छन्। आफूले माया गरेको व्यक्तिको निकै ख्याल गर्ने यस राशिका मानिसले धेरै जसो धोका नै पाउने गर्छन्।
मीन राशि
यस राशीका मानिस अरु मानिसप्रति छिटै आकर्षित हुने गर्छन। मीन राशिका मानिसहरुले कसैलाई सजिलै विश्वास गर्ने गर्छन। आफूले चाहेको व्यक्तिसँगको प्रेममा सफल नहुने यी मानिसको प्रेम एकतर्फी नै रहन्छ।