यी ४ राशिका व्यक्तिको जीवनमा कहिल्यै हुँदैन साँचो प्रेम !

भनिन्छ यो संसारमा मायाको सम्बन्ध सबैभन्दा साँचो हुन्छ चाहे त्यो श्रीमान् श्रीमतीको होस् वा आमा र बच्चाको । प्राय: प्रेममा कसैले कसैको गल्ती देख्दैन। तर, साथसाथै कतिपय यस्ता मानिस पनि हुन्छन् जसको जीवनमा प्रेम थोरै मात्रामा हुने गर्दछ  ।

राशिको आधारमा व्यक्तिको हाउ-भाउ, व्यक्तिको व्यवहार, चालचलन र भविष्य पनि राशिबाट मात्र थाहा पाउन सकिन्छ। कसै-कसैले मानिसको मायाको बारेमा पनि यसरी नै थाहा पाउन सक्छन्। जान्नुहोस् कुन राशिका व्यक्ति हुन् जसको जीवनमा प्रेम नामको कुनै शब्द नै हुँदैन, यही कारणले गर्दा कतिपयको वैवाहिक जीवन पनि बिचमा नै अन्त्य हुन्छ । जान्नुहोस्  यी ४ राशिका व्यक्तिहरूको बारेमा जसको जीवनमा प्रेमी-प्रेमिका हुन् निकै असम्भव हुन्छ । यि मानिसहरुको मनमा एउटै प्रश्न छ कि किन ? यिनीहरु यति अभागी छन्, जसको उत्तर उनीहरुले पाउँदैनन् ।

 मेष राशि

मेष राशिका व्यक्तिले जीवनमा लाखौँ प्रयास गर्दा पनि साँचो माया भेटिँदैन। यस राशिका व्यक्ति सधैँ आफ्नो बाँकी जीवनको लागि मायाको खोजीमा हुने गर्दछन् । प्रेम साथी भेटिए पनि उनीहरुले सोचे जस्तो माया पाउन सक्दैनन् ।

 सिंह राशि

यो राशिका मानिसहरूले आफ्नो विचारधारा प्रेमिकामाथि जबरजस्ती थुपार्न थाल्छन् र यही कारणले गर्दा उनीहरू छिट्टै क्रोधित हुन्छन् र यसै कारण उनीहरूको प्रेम लामो समयसम्म टिक्दैन।

 मिथुन राशि

प्रेमीहरूमा सबैभन्दा बढी माया गर्ने यो राशिका व्यक्तिहरू प्रेम तोड्नको लागि आफैँ जिम्मेवार हुन्छन्। यस राशिको व्यक्तिको गैर जिम्मेवारी व्यवहार, व्यवस्था गर्ने बानीको कारण यस राशिका व्यक्तिको प्रेम सम्बन्ध लामो समय टिक्न सक्दैन ।

कुम्भ राशि

यो राशिका व्यक्तिहरूको जीवनमा परिस्थिति विपरीत हुने भएकाले आफूलाई दुर्भाग्यपूर्ण ठान्छन्। यस राशिका व्यक्ति जो- कसैलाई पनि आफ्नो मनमा बसाउने भएको हुँदा  यस राशिका व्यक्तिको सम्बन्ध लामो समय टिक्न सक्दैन ।

प्रकाशित : आइतबार, असोज १६, २०७९१०:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सानै उमेरमा सम्पत्ति थुपार्न सफल हुन्छन् यस्ता मानिस, लक्ष्मीको हुन्छ विशेष आशिर्वाद