जीवनमा नाम र दाम दुबै अथाह कमाउँछन् यी २ राशिका मानिसले, कुन-कुन ?

काठमाडौँ : वैदिक ज्योतिषशास्त्रमा २७ नक्षत्र, १२ राशि र ९ ग्रहको वर्णन गरिएको छ। यी राशिमा कुनै न कुनै ग्रहको आधिपत्य हुन्छ। यहाँ हामी ती २ राशिका बारेमा बताउन गइरहेका छौँ, जसले समाजमा नाम र प्रसिद्धि दुवै कमाउँछन्। उनीहरु विलासी जीवन बिताउन मन पराउँछन्। उनीहरुमाथि शुक्रदेवको विशेष कृपा रहन्छ। जानौँ, ती राशिका बारेमा…

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

पैसा खर्च गर्ने मामिलामा वृष राशिका मानिसहरु अग्रस्थानमा आउँछन्। यस राशिको स्वामी शुक्र ग्रह हो। त्यसैले यस ग्रहको प्रभावले वृष राशिका जातकले सबै सुख-सुविधा प्राप्त गर्छन्। यस राशिका मानिसहरु निकै बुद्धिमान मानिन्छन्। यस राशिका मानिसहरु महँगा-महँगा चीजहरु खरिद गर्न मन पराउँछन्। उनीहरु आफ्नो अधिकांस पैसा आफ्नो रहनसहनमा खर्च गर्छन्। तैपनि उनीहरुलाई कहिल्यै पैसाको कमी हुँदैन्। उनीहरुले जीवनमा अथाह धन कमाउँछन्। उनीहरु कलाप्रेमी हुन्छन्।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तुला राशिका मानिसहरु गर्वका साथ जीवन बिताउन रुचाउँछन्। पैसा खर्च गर्ने मामिलामा उनीहरु सबैभन्दा अग्रपङ्क्तिमा आउँछन्। तुला राशिको स्वामी शुक्र ग्रह हो र ज्योतिषमा शुक्र ग्रहलाई सुख-सुविधाको कारक मानिन्छ। शुक्र ग्रहको प्रभावले यस राशिका मानिसहरु रोमान्टिक र आकर्षित पनि हुन्छन्। मानिसहरु उनीहरुसँग पहिलो भेटमै फिदा हुन्छन्। उनीहरु हरेक काम इमानदारीपूर्वक गर्छन्। उनीहरु कला र खेलप्रेमी हुन्छन्। उनीहरु विलासी जीवन बिताउन रुचाउँछन्। आफ्नो सुख-सुविधामा कुनै कमी नहोस् भनेर उनीहरु निकै कडा मेहनत गर्छन्। उनीहरु ब्रान्डेड चीजहरुमा धेरै खर्च गर्छन्।

ज्योतिषमा शुक्र ग्रहको महत्व : – 

ज्योतिष शास्त्रमा शुक्र ग्रहलाई भौतिक सुख, वैवाहिक सुख, भोग-विलास, प्रसिद्धि, कला, प्रतिभा, सौन्दर्य, रोमान्स, काम-वासना र फेशन डिजाइनिङ आदिको कारक मानिन्छ। शुक्र ग्रह वृष र तुला राशिको स्वामी हो र मीन यसको उच्च राशि हो। जबकि कन्या यसको नीच राशि हो। २७ नक्षत्रहरुमध्ये भरणी, पूर्वाफाल्गुनी र पुर्वाषाढा नक्षत्रहरुमा शुक्र ग्रहको स्वामित्व हुन्छ। ग्रहहरुमा बुध र शनि ग्रहलाई शुक्र ग्रहको मित्र ग्रह मानिन्छ भने सूर्य र चन्द्रमालाई शत्रु ग्रह मानिन्छ।

प्रकाशित : आइतबार, असोज १६, २०७९१०:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जीवनमा सधैँ हिँड्नुहोस् यस्ता पथमा, कहिल्यै हुनु पर्दैन असफल !