आखिर किन नुहाउने बित्तिकै सिउँदोमा हाल्नु हुँदैन सिन्दूर, जान्नुहोस् !

वास्तु शास्त्रमा जीवन सुधार्ने र नकारात्मकतालाई टाढा राख्ने उपायहरू बताइएका छन्। यसमा घरको दिशा र वस्तुलाई शुभ र अशुभ घटनासँग जोडिएको छ । घरका सबै काम वास्तु अनुसार गरेमा मानिस स्वतः प्रगतिको सिँढी चढ्ने मान्यता रहेको छ । तर वास्तुसँग सम्बन्धित एउटा सानो गल्ती पनि मानिसलाई बरबाद गर्न पर्याप्त हुन्छ ।  जान्नुहोस् आज हामी तपाईहरुलाई जानेर वा नजानेर हुने ५ यस्ता गल्तीका बारेमा बताउँछौँ, जसको वास्तु शास्त्र अनुसार निकै नराम्रो परिणाम हुन्छ ।

विवाहित महिलाहरूले नुहाएर वा कपाल धोएपछि तुरुन्तै सिन्दूर लगाउनु हुँदैन। वास्तुका अनुसार यसो गर्दा महिलामा निकै नराम्रो असर पर्न सक्छ । खराब विचारहरूले मनमा ठाउँ बनाउन सक्छ। घरको सुख शान्तिमा दखल पुग्न सक्छ साथै पारिवारिक विवाद बढ्न सक्छ।

प्रायः मानिसहरूले बाथरुममा लुगा धोएपछि बाल्टीमा बाँकी पानी छोड्छन्। वास्तुका अनुसार यस्तो गर्नु निकै अशुभ मानिन्छ । फोहोर पानी बाल्टिनमा राख्दा हाम्रो जीवनमा नराम्रो असर पर्छ । घरमा नकारात्मक ऊर्जा प्रवेश गर्न सक्छ। घरको सुख शान्तिमा खलल पुग्न सक्छ।

यदि तपाई नुहाएपछि कुनै पनि धारिलो उपकरण प्रयोग गर्नुहुन्छ भने सावधान रहनुहोस्। वास्तुका अनुसार नुहाइसकेपछि नेल कटर, ब्लेड वा रेजर जस्ता धारिलो औजारको प्रयोग गर्नु हुँदैन । त्यसो गर्नु धेरै अशुभ हुन सक्छ।

घरको बाथरुममा कहिल्यै पनि खाली बाल्टिन नराख्नुहोस् । वास्तुका अनुसार बाथरुममा सधैँ पानीले भरिएको बाल्टिन वा टब राख्नुहोस्। यदि तपाईंले तिनीहरूलाई पानीले भरेर राख्न सक्नुहुन्न भने, तिनीहरूलाई उल्टो परेर राख्न सकिन्छ। यसो गर्नाले कुनै पनि ठूलो नोक्सानबाट बच्न सकिन्छ।

प्रकाशित : आइतबार, असोज १६, २०७९१०:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हत्केलाको यस्तो निशानले बनाउँछ मालामाल, माता लक्ष्मीको विशेष कृपा