छिमेकीसँग भुलेर पनि पैंचो लिनु हुँदैन यी चीज, अन्यथा हुनुपर्ला कंगाल !

काठमाडौँ : हाम्रो नेपालको संस्कृतिमा अरुलाई सहयोग गर्न सल्लाह दिईन्छ। प्राय: गाउँघरमा जोकोहीँलाई आवश्यक पर्दा वल्लो घर या पल्लो घरबाट पैँचो लिने-दिने चलन छ। छिमेकीलाई हामी धेरै चीजहरु पैँचो दिन्छौँ। तर के तपाईलाई थाहा छ भान्साका केही सामानहरु अरुलाई पैँचो दिनुहुँदैन्। यदि दिएमा घरमा दरिद्रता आउँछ।

नुन : –  नुन बिना हामी कुनै पनि परिकार कल्पना गर्न सक्दैनौँ। नुन बिना हरेक परिकार खल्लो हुन्छ। त्यसैले घरमा नुनको अभाव हुने माहोल सिर्जना नगर्नुहोस्। ज्योतिष शास्त्र अनुसार सूर्यास्त पछि कहिल्यै नुन पैँचो दिनुहुँदैन्। यसो गरिएमा घरमा गरिबीले दस्तक दिन सक्छ।

लसुन र प्याज : –  लसुन र प्याज स्वास्थ्यको दृष्टिकोणले पनि लाभदायी मानिन्छ। ज्योतिष शास्त्र अनुसार सूर्यास्तपछि लसुन-प्याजको ऐचोपैँचो गर्नुहुँदैन्। यसो गरिएमा घरमा खर्च बढ्न सक्छ। लसुन र प्याजमा केतु ग्रहको प्रभाव हुन्छ। त्यसैले यसलाई पैँचो दिनु हानिकारक साबित हुन् सक्छ।

बेसार : –  बेसार भोजन र धार्मिक कार्य दुवै प्रयोजनको लागि प्रयोग गरिन्छ। यसको आयुर्वेदिक महत्व पनि हुन्छ। ज्योतिष शास्त्र अनुसार तपाईले कहिल्यै पनि कसैलाई पनि बेसार पैँचो दिनुहुँदैन्। कसैलाई बेसार पैँचो पनि नमाग्नुहोला। खासमा बेसारको सम्बन्ध देवगुरु बृहस्पतिसँग हुन्छ। यदि कसैलाई पैँचो दिएमा जागिर-व्यवसाय, करियर, आर्थिक र वैवाहिक समस्याको सामना गर्नुपर्नेछ।

दूध : –  दूध हरेक घरमा दैनिक प्रयोग हुन्छ। यो स्वास्थ्यको लागि राम्रो मानिन्छ। यसमा क्याल्सियमको मात्रा प्रशस्त हुन्छ। यसले हड्डी मजबूत बनाउँछ। ज्योतिष शास्त्र अनुसार दूधको सम्बन्ध चन्द्र ग्रहसँग हुन्छ। सूर्यास्तपछि दूध कहिल्यै कसैलाई दिनुहुँदैन्। दूध अरुलाई दिँदा चन्द्र ग्रह क्रोधित भई विपत् ल्याउँछ।

प्रकाशित : आइतबार, असोज १६, २०७९०९:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बेलुकाको समयमा झुक्केर पनि गर्नु हुँदैन यी ४ कार्य, नत्र घरमा हुनेछ सधैँ गरिबीको बास !