जसपा एक्लै चुनाव लड्ने, गठबन्धनसँग नमिल्ने !

काठमाडौ, जनता समाजवादी (जसपा) नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कसैसग पनि तालमेल नगर्ने भएको छ । आज बसेको जसपा कार्यकारिणी समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठक पछि पार्टीले एक विज्ञप्ति जारी गर्दै सत्तारुढ गठबन्धनको सिट बाँडफाँटका लागि भइरहेको छलफल सन्तोषजनक नभएको जनाएको छ। गठबन्धनमा सम्मानजनक सिट बाँडफाँट नभए अरु दलसँग तालमेल गर्ने पनि पार्टीले निर्णय गरेको छ।

बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ,”हाम्रो पार्टीको समेत सहभागितामा रहेको ५ दलीय गठवन्घनमा आगामी हुने संघीय संसद र प्रदेश सभा सदस्यको निर्वाचनमा सिटको तालमेल को सम्वन्घमा भई रहेको सिट बाँडफाँट सम्बन्धि छलफलमा हाम्रो पार्टीको लागि सन्तोषजनक अवस्था नदेखिएको हुंदा यसका अतिरिक्त सम्भव भए सम्म विकल्प को रूपमा अन्य राजनीतिक दलहरूसंग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिने छ । सो पनि हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै निर्वाचनमा भाग लिने निर्णय गरिन्छ ।”

प्रकाशित : शनिबार, असोज १५, २०७९१८:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गुड्दागुड्दै बसमा आगलागी !