पहिरोले त्रिशूली-गल्छी सडक खण्ड अवरुद्ध

काठमाडौं,नुवाकोटको बेलकोटगढी नगरपालिका-७ बुधसिङघाटमा बिहीबार अपराह्न ५ बजे सुख्खा पहिरो खसेपछि त्रिशूली-गल्छी सडक अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोट का अनुसार ठूलो पहिरो खसेका कारण पन्छाउनका लागि समय लाग्‍ने छ । यात्रु तथा सवारीका लागि वैकल्पिक मार्ग छहरे-टोखा सडक खण्ड प्रयोग गर्नुपर्ने अवस्था भएको नुवाकोट प्रहरीका सूचना अधिकारी एवं डिएसपी रुपक खड्काले बताए ।

काठमाडौं हुँदै धादिङको गल्छी, मकवापुरको हेटौंडा र चितवन नारायणगढ हुँदै नुवाकोट र रसुवा आउने सवारी बुधसिङघाट पर महादेवफाँटमा रोकिएका छन् । नुवाकोट र रसुवा हुँदै गल्छी जाने गाडी काँशीटारतर्फ रोकिएका छन् ।

प्रकाशित : बिहिबार, असोज १३, २०७९१९:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पेप्सीकोलाबाट पक्राउ परे दुई, गर्थे यस्तो धन्दा !