आज नवरात्रिको तेस्रो दिन दुई राशिको लागि विशेष हुँदै, पूरा हुनेछ सम्पूर्ण मनोकामना !

आज असोज १२ गते बुधबार नवरात्रिको तेस्रो दिन हो। देवी पुराणका अनुसार देवी दुर्गाको तेस्रो रूपलाई चन्द्रघण्टा भनिन्छ। देवीको टाउकोमा घण्टा आकारको अर्धचन्द्राकार सुशोभित छ, त्यसैले उनको नाम चन्द्रघण्टा रहेको विश्वास गरिन्छ। देवीको यस रूपको ध्यान गर्नाले भक्तको यस लोक र परलोक दुवै स्थानमा कल्याण हुने मान्यता रहेको छ। शारदीय नवरात्रिको तृतीया तिथीमा देवीको दर्शनले मोक्ष प्राप्त हुने पनि मान्यता रहेको छ।

आजको दिनको महत्व

यस दिन दुर्गा माताको आराधना गर्नाले शरीर तेज हुन्छ। आफ्नो कर्ममा विशेष विश्वास मिल्नेछ। यस दिन दुर्गा माताको पूजा आराधना गर्नाले विद्यार्थीहरूलाई वास्तविक ज्ञान मिल्नेछ। साथै, देवीले साधकको सबै प्रकारले रक्षा गर्ने मान्यता रहेको छ।

कुन राशिका लागि आजको दिन शुभ

आजको दिन माता दुर्गाको पूजा आराधना गर्नाले सबै १२ राशिका लागि शुभकामना हुनेछ भने धनु र मीन राशिका लागि विशेष फलदायी हुने देखिन्छ। माता चन्द्रघण्टालाई सुन्तला रंग अति प्रिय छ। त्यसैले आज पूजाको समयमा सुन्तला रंगको पोसाक लगाउनु शुभ हुनेछ। आजको दिन माता चन्द्रघण्टाको पूजा गर्नाले मूल निवासमा प्रेतबाधा, कुनै पनि प्रकारको नकारात्मक ऊर्जाले असर गर्दैन।

प्रकाशित : बुधबार, असोज १२, २०७९११:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मिथुन राशिमा मंगल ग्रहको उथलपुथल: यी राशिले प्राप्त गर्नेछन् जता-ततैबाट लाभ !