भुलेर पनि नवरात्रिमा गर्नु हुँदैन यस्ता ४ गल्ती, जीवन हुनसक्छ कष्टकर !

पवित्र नवरात्रि हिजोबाट सुरु भएको छ। नवरात्रि असोज १९ गतेसम्म चल्नेछ। नवरात्रिमा देवी दुर्गाको पूजा विधि अनुसार गरिन्छ। माता दुर्गाको कृपाले जीवनमा सबै प्रकारको सुख प्राप्त हुन्छ। दुर्गा माताको विशेष आशीर्वाद होस् भन्ने सबैको चाहना हुन्छ। जसलाई माताको आशीर्वाद हुन्छ, उसको जीवन सुखमय हुन्छ। तर केही बानीका कारण दुर्गा माता क्रोधित हुन्छिन्। यी बानीका कारण मानिसले जीवनमा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ। जानौं यस्ता बानीको बारेमा।

सर-सफाई 

धार्मिक मान्यता अनुसार सरसफाइको विशेष ख्याल राखिएको घरमा मात्र माताको वास हुन्छ। फोहोर काम गर्नेलाई माता दुर्गा तथा लक्ष्मीको कृपा हुँदैन। माता दुर्गा तथा लक्ष्मीको कृपा प्राप्त गर्न सधैं सरसफाईमा ध्यान दिनुहोस्।

अपमान 

अरूको अपमान गर्ने व्यक्तिसँग माता दुर्गा सधैं क्रोधित रहन्छिन्। सबै मानिसहरूलाई आदर र सम्मान गर्ने मानिसहरूमा मात्र लक्ष्मी तथा दुर्गा माताको विशेष कृपा रहन्छ। अरूलाई सम्मान गर्ने यस्ता व्यक्तिहरूले आर्थिक समस्याको सामना गर्दैनन्।

मद्दत 

धार्मिक मान्यता अनुसार व्यक्तिले आफ्नो क्षमता अनुसार दान गर्नुपर्छ। दानको इनाम धेरै गुणा हुन्छ। सक्षम भएर पनि अरुलाई सहयोग नगर्ने मानिससँग माता रिसाउने जनविश्वास छ। दुर्गा माताको आशीर्वाद प्राप्त गर्न सधैं खाँचोमा परेका मानिसहरूलाई मद्दत गर्नुहोस्।

क्रोध 

क्रोध गर्ने मान्छेसँग दुर्गा माता रिसाउनुहुन्छ। माताको आशीर्वाद पाउनको लागि आफ्नो क्रोध त्याग गर्न सक्नुपर्छ। जहाँ शान्ति हुन्छ त्यही घरमा माता लक्ष्मी तथा दुर्गा माता बास गर्छिन्।

प्रकाशित : मङ्गलबार, असोज ११, २०७९१७:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज नवरात्रको तेस्रो दिन: चन्द्रघण्टा देवीको उपासना गरिँदै ! कसरी गर्ने पूजा ?