सुन र चाँदी दुवैको मूल्य घट्यो ! कति पुग्यो ?

काठमाडौं,  सुनचाँदीको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । महासंघले सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको जनाएको छ ।

जसअनुसार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ९०० रुपैयाँ छ । सोमबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ थियो ।

यसैगरी, चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । साेमबार तोलामा ११ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार ११ सय ५० रुपैयाँमा काराेबार भइरहरेकाे महासंघकाले जनाएको छ ।

प्रकाशित : मङ्गलबार, असोज ११, २०७९१३:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मानवले मंगल ग्रहलाई पनि छाडेनन्, थुपारे यति धेरै फोहोर !