नवरात्रिमा जन्मेका बच्चाहरु हुन्छन् निकै भाग्यमानी : जन्मजात नै लिएर आउँछन् यस्ता खुबी, कमाउँछन् अकूत सम्पत्ति

काठमाडौँ : आश्विन शुक्लपक्षको प्रतिपदा तिथिदेखि नवरात्र प्रारम्भ भएको छ। असोज १० गते सोमबारबाट शारदीय नवरात्रि सुरु भएको हो। हिन्दू धर्ममा नवरात्रिलाई ठूलो महत्व दिईएको छ। भक्तजनहरूले ९ दिनसम्म नवदुर्गा भवानीको अलग-अलग रुपको पूजा गर्छन्।

हिन्दू धर्ममा कन्यालाई दुर्गा माताको रुप मानिन्छ। त्यसैले यिनको पूजा गरिन्छ। उनीहरुलाई प्रेम र सम्मान दिईन्छ। नवरात्रिका दिन धेरै शुभ हुन्छन्। यदि नवरात्रिका दिन बच्चा जन्मिएमा त्यो भन्दा ठूलो खुशीको कुरा अरु केही हुन् सक्दैन्। नवरात्रिमा जन्मिएका बच्चालाई धेरै भाग्यशाली मानिन्छ। उनीहरुसँग केही विशेष खुबी हुन्छ।

यस्ता हुन्छन् नवरात्रिमा जन्मिएका बच्चा : – 

१. नवरात्रिमा जन्मेका बच्चाहरूको भाग्य बलियो हुन्छ। उनीहरु राम्रो भाग्य लिएर जन्मिएका हुन्छन्। उनीहरुले जीवनमा सबै कुरा आफ्नो भाग्यको दममै पाउँछन्। दुर्भाग्य तिनीहरूबाट टाढा रहन्छ।

२. नवरात्रिमा जन्मिएका बच्चाले घरमा कायापलट ल्याउँछ। बच्चाको बलियो भाग्यले सम्पूर्ण परिवारमा समृद्धि ल्याउँछ। घरमा सुख, शान्ति र समृद्धि छाउँछ। दुख र कष्ट टाढिन्छ।

३. नवरात्रिमा जन्मिएका बच्चाहरु सकारात्मक सोचका हुन्छन्। नकारात्मकताले उनीहरूलाई असर गर्दैन। उनीहरु सधैँ राम्रो सोच्छन्। उनीहरुले कसैलाई हानि-नोक्सानी पुर्याउँदैनन्। इमान्दार र सत्यवादी हुन्छन्।

४. नवरात्रिमा जन्मिएका बच्चाहरुले जीवनमा धेरै सफलता हासिल गर्छन्। माता दुर्गाको आशिर्वादले सबै मनोकामना पूरा हुन्छन्। उनीहरुको करियर निकै राम्रो हुन्छ। उनीहरुले आमाबुबाको नाम राख्छन्।

५. नवरात्रिमा जन्मिएका बच्चाहरु तेज दिमागका हुन्छन्। उनीहरुका बुद्धि कमालको हुन्छ। उनीहरुको स्मरण शक्ति पनि तीक्ष्ण हुन्छ। उनीहरुले आफ्नो दिमागले कैयन् समस्याहरु एक चुट्की बजाएर हल गर्छन्।

६. नवरात्रिमा जन्मिएका बच्चाहरु धार्मिक प्रवृतिका हुन्छन्। भगवानमा उनीहरुको गहिरो आस्था हुन्छ। उनीहरु आध्यात्मिक हुन्छन्। उनीहरु भगवानमा पूर्ण विश्वास गर्छन्। उनीहरु दान धर्म गर्न मन पराउँछन्। उनीहरु परोपकार गर्न मन पराउँछन्।

७. नवरात्रिमा आमाको गर्भबाट जन्मिने बच्चाहरुले जीवनमा धेरै धन कमाउँछन्। माता लक्ष्मी उनीहरुप्रति दयालु रहन्छिन्। पैसा कमाउने खुबी उनीहरुले जन्मजात नै लिएर आएका हुन्छन्।

८. बच्चाहरु मिलनसार स्वभावका हुन्छन्। परिवार र साथीभाइलाई साथमा लिएर जीवनमा अगाडी बढ्छन्। समाजमा उनीहरुको धेरै सम्मान हुन्छ। मानिसहरुले उनीहरुलाई असाध्यै मन पराउँछन्।

९. नवरात्रिमा जन्मिएका बच्चाहरु पढाई-लेखाईमा निकै बाठा हुन्छन्। उनीहरू पढ्न र लेख्न मन पराउँछन्। उनीहरु कक्षामा सधैँ प्रथम हुन्छन्।

प्रकाशित : मङ्गलबार, असोज ११, २०७९१२:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ४ राशिलाई निकै शुभ रहनेछ जारी नवारात्रि, मिल्नेछ आकस्मिक धन लाभ !