दशैंपछि सबैभन्दा ठूलो ग्रहले गर्दै राशि परिवर्तन: यी ५ राशिको चम्किनेछ भाग्य !

ज्योतिषमा सूर्य राशि परिवर्तनको विशेष महत्व रहेको छ। सूर्य गोचरले सबै १२ राशिमा प्रभाव पार्छ। सूर्य ग्रह प्रत्येक महिना एक राशिबाट अर्को राशिमा गोचर गर्छन्। कार्तिक महिनामा अर्थात नवरात्रिपछि सूर्य देवले राशि परिवर्तन गरी तुला राशिमा प्रवेश गर्नेछन्। ज्योतिष शास्त्र अनुसार सूर्यले बुध राशि कन्या राशि छोडेर कार्तिक १ गते साँझ ७ः२४ बजे तुला राशिमा प्रवेश गर्नेछ। जान्नुहोस् सूर्य राशि परिवर्तनले कुन राशिलाई फाइदा हुन्छ-

वृष राशि 

वृष राशिका व्यक्तिहरूले सूर्यको तुला राशिमा प्रवेश गर्दा लाभ मिल्नेछ। यो समयमा भाग्यको साथ मिल्नेछ। व्यापार व्यवसायले गति लिन सक्छ। रोजगारी भएका व्यक्तिहरुको उन्नतिको सम्भावना छ।

सिंह राशि 

सिंह राशिका व्यक्तिहरूलाई करियरमा फाइदा हुनेछ। अधुरा कामहरु पूरा हुनसक्छ। स्वास्थ्य राम्रो रहनेछ। पारिवारिक वातावरण सुखमय रहनेछ।

धनु राशि 

धनु राशिका लागि सूर्य राशि परिवर्तन लाभदायी साबित हुन सक्छ। यस समयमा तपाईंले आफ्नो करियरमा राम्रो समाचार पाउन सक्नुहुन्छ। प्रगतिको सम्भावना छ। तलब वृद्धिको सम्भावना छ। आकस्मिक आर्थिक लाभ हुन सक्छ।

मकर राशि 

यो समयमा मकर राशिका रोकिएका काम पूरा हुनेछन्। यस अवधिमा कार्यस्थलमा प्रशंसा पाउन सकिनेछ। धार्मिक यात्राको योग बन्नेछ। आकस्मिक धन लाभ मिल्ने सम्भावना उच्च रहेको छ।

मीन राशि 

मीन राशि भएकाहरुको लागि यो समय निकै शुभ रहनेछ। यो समयमा भाग्यको साथ मिल्नेछ। यद्यपि यस अवधिमा धनको मामिलामा विशेष ध्यान दिनुहोला।

प्रकाशित : मङ्गलबार, असोज ११, २०७९११:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ग्रहचक्रमा घट्दै यस्तो अशुभ घटना, रहनुहोस् अत्यन्त सावधान !