शुक्रदेव र माता लक्ष्मी मिलेर मालामाल गराउनेछन् यी ४ राशिलाई, दशैंमा मिल्नेछ खुब धन लाभ !

धनधान्यकी देवी माता लक्ष्मी जसमाथि दयालु हुन्छिन्, उसको जीवन शुभ हुन्छ। हिजो अर्थात असोज ८ गतेबाट ४ राशिको आर्थिक अवस्था मजबूत हुन थाल्नेछ। वास्तवमा यस दिओं शुक्र कन्या राशिमा प्रवेश गरिसकेको छ। शुक्रको यो राशि परिवर्तनले चार राशिमा शुभ प्रभाव पार्नेछ। भनिन्छ कि जब शुक्र ग्रह शुभ हुन्छ, माता लक्ष्मीले पनि आफ्नो आशीर्वाद दिन्छिन्। आउनुहोस् जानौं कुन-कुन राशिका भाग्यशाली राशि हुन् जसले माता लक्ष्मीको आशीर्वाद पाउनेछन्।

मिथुन राशि 

यो राशिका लागि शुभ दिन सुरु भएको छ। उनीहरुले निश्चित रूपमा आर्थिक लाभ प्राप्त गर्नेछन्। यो लाभ कुनै पनि रूपमा आउन सक्छ। जागिरमा बढुवा पाउन सकिनेछ। व्यापार-व्यवसायमा संलग्न मानिसले दोब्बर लाभ प्राप्त गर्न सक्छन्। जबकि बेरोजगारहरूले नयाँ काम पाउन सक्छन्। यस बाहेक कतै रोकिएको धन प्राप्त हुन सक्छ। कतै पैसा लगानी गर्दा लाभ हुने सम्भावना छ। आफन्तबाट आर्थिक सहयोग मिल्नेछ।

सिंह राशि 

पारिवारिक वातावरण सुखमय रहनेछ। परिवारबाट केही ठूलो आर्थिक लाभ मिल्नेछ। नयाँ कामको प्रस्ताव पनि आउनेछ। समाजमा तपाईंको मान सम्मान बढ्नेछ। दाम्पत्य जीवन सम्बन्ध अझै प्रगाढ हुनेछ। सन्तानबाट खुशी मिल्नेछ। घरमा खुशीको माहोल रहनेछ। पुराना साथीभाइसँगको भेटघाटले फाइदा हुनेछ। भाग्यले साथ दिनेछ। कुनै शुभ कार्यको लागि यात्रामा जान सकिनेछ। घरमा शुभ कार्य हुने सम्भावना छ।

तुला राशि 

उनीहरुको जीवनमा केही खुसीको खबर आउनेछ। यसले तपाईंको जीवनमा परिवर्तन ल्याउनेछ। यो परिवर्तन राम्रो हुनेछ। पारिवारिक वातावरण सुखमय रहनेछ। प्रेम सम्बन्ध मजबूत हुनेछ। अभिभावकबाट धन लाभ हुनेछ। कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ। व्यापारमा ठूलो सम्झौता टुंगो लाग्न सक्छ। यदि तपाईं नयाँ व्यवसाय वा कुनै काम सुरु गर्न चाहनुहुन्छ भने यो सही समय हो।

वृश्चिक राशि 

शुक्रको राशि परिवर्तनले वृश्चिक राशि हुनेहरुको भाग्य खुल्नेछ। यो समय तपाईंका लागि वरदान भन्दा कम हुनेछैन। धेरै शुभ तथा धार्मिक कार्यमा सहभागी हुनुहुनेछ। वैदेशिक यात्राको सम्भावना छ। आकस्मिक धन लाभ मिल्ने सम्भावना रहेको छ। माता लक्ष्मीले तपाईंलाई आशीर्वाद दिनुहुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।

प्रकाशित : आइतबार, असोज ०९, २०७९१६:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फूलपाती कै दिन ग्रहचक्रमा हुँदै ठूलो हलचल, कुन राशिका पर्भाव कस्तो प्रभाव ?