भोलिबाट नवारात्रि सुरु हुँदै: यस्ता २ शुभ योगमा गर्नुहोस् घटस्थापना, थाहा पाइराख्नुस् सबै विधि !

शारदीय नवरात्रिको शास्त्रमा विशेष महत्व रहेको छ। यस समयमा माता दुर्गाका ९ रूपको पूजा गरिन्छ। यसपटकको शारदीय नवरात्रि भोलि असोज १० गतेबाट सुरु हुँदैछ। यस समयमा माता दुर्गाको ९ रूपको पूजा गर्नाले सबै मनोकामना पूरा हुन्छ, दुःखबाट पनि मुक्ति मिल्छ। पहिलो दिन कलश स्थापना गरी जमरा राखी माता दुर्गाको पूजा आरम्भ गरिने चलन रहेको छ।

शारदीय नवरात्रि मिति

प्रतिपदा तिथि सुरु: असोज १० गते बिहान ०३:३६ बजे

प्रतिपदा तिथि समाप्ति: असोज ११ गते बिहान ०३:२३ बजे

२ शुभ योग बन्दै

वैदिक पञ्चाङका अनुसार असोज १० गते कलश स्थापनाको दिनमा अत्यन्त शुभ समय रहेको छ। यस दिन शुक्ल र ब्रह्मयोगको शुभ संयोग हुने छ। ज्योतिषमा यी योगहरुको विशेष महत्व रहेको छ। यी योगहरूमा पूजाको महत्त्व दोब्बर हुन्छ। यसैबीच शास्त्र अनुसार यस वर्ष माता दुर्गा हात्तीमा सवार भएर पृथ्वी लोकमा आउँदैछिन्।

जान्नुहोस् पूजा विधि

घटस्थापनाको विशेष महत्व छ। नवरात्रको पहिलो दिन पूर्वोत्तरमा घटस्थापना गरिन्छ। घाटमा ब्रह्मा, विष्णु र महेशको वास रहेको विश्वास गरिन्छ। माटोको भाँडोमा सफा माटो राख्नुहोस् र त्यसमा सात प्रकारका दानाहरू रोप्नुहोस्। त्यसपछि पूजास्थलमा रातो कपडा बिछाएर माता दुर्गाको तस्विर वा मूर्ति स्थापना गर्नुहोस्। त्यसपछि कलशमा शूद्ध जल, दुबो, अक्षता, सिक्का, सुपारी राख्नुहोस्। कलशमा आँपका ५ वटा पात हाल्नुहोस्। कलशको माथि नरिवल राख्नुहोस्। त्यसपछि दुर्गा सप्तशतीको पाठ गर्नुहोस् र माताको आरती गर्नुहोस्।

घटस्थापना गर्दा यो मन्त्रको जप गर्नुहोस्

ओम आ जिघ्र कलशं मह्या त्वा विशन्त्विन्दव:। पुनरूर्जा नि वर्तस्व सा नः सहस्रं धुक्ष्वोरुधारा पयस्वती पुनर्मा विशतादयिः।।

प्रकाशित : आइतबार, असोज ०९, २०७९१३:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

घटस्थापनाको केही घण्टाअघि मात्र ग्रहचक्रमा यस्तो उथलपुथल: कुन राशिमा कस्तो प्रभाव पर्ला ?