काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक जनकपुर- जयनगर रेल चढेका छन्। ओलीले शनिबार पहिलो पटक जनकपुर- जयनगर रेल चढेका हुन्।
शनिबार विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई नेकपा एमाले प्रवेश गराउन जनकपुर पुगेका बेला ओलीले रेल चढे। एमालेका नेता कार्यकर्तासहित जनकपुरबाट रेल चढेर महिनाथपुर पुगेका थिए।
ओलीले रेल चढेपनि उनका कारण जनकपुर- जयनगर रेल निर्धारित समयभन्दा एक घण्टा ढिलो जनकपुरबाट जयनगरका लागि गुडेको थियो। ११ बजे जनकपुरबाट जयनगर गुड्ने रेल १२ बजेर ४ मिनेटमा गुडेको बताइएको छ।
रेल चढेपछि ओलीले आफ्नो भूमिमा रेल चढ्न पाउँदा धेरै राम्रो लागेको बताए। त्यसक्रममा उनले आफूहरुले राम्रो कम गरेको बताउन छुटाएनन्। उनले भने,”आफ्नो रेल, आफ्नो भूमि चढ्दा राम्रो लागेको छ। हामीले राम्रा काम गरेका छौँ। अहिले रेलमा जाँदै छौँ फर्कदा हामीहरुले बनाएको हुलाकी राजमार्गबाट आउँछौँ।”