पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि बाटो जेसीभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । गन्तव्यमा हिँडेका सयौँ सवारी साधन र यात्रु बाटैमा रोकिएका छन् । यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौँ पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित : शनिबार, असोज ०८, २०७९०८:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालन