काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। साताको पहिलो दिन बढेर त्यसपछि निरन्तर घटबढ हुँदै आएको सुनको मूल्य आज शुक्रबार बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैंयाँले बढेको छ। आज छापावाला सुन ९२ हजार ८ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार रुपैंयाँले नै बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सुनको मूल्य बिहिबार र शुक्रबार दुई दिन बढेसँगै सुन असोज महिनाकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य भदौ २९ गते यताकै कम हो।
चाँदीको मूल्य
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार बिहिबार तोलामा ११ सय ८५ रुपैयाँ रहेकाे चाँदी आज तोलामा १२ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।