एजेन्सी- बलिउड क्षेत्रमा यस्ता धेरै अभिनेता तथा अभिनेत्री छन् जसको बाल्यकालको तस्बिर हेर्न फ्यानहरु निकै उत्साहित हुन्छन् । अहिले सामाजिक सञ्जालमा बलिउड क्षेत्रको चर्चित अभिनेत्रीको बाल्यकालको तस्बिर भाइरल भएको छ । तस्बिरमा देखिएकी यी अभिनेत्री आजको समय बलिउड क्षेत्रको सफल अभिनेत्री मध्ये एक हुन्। उनले पछिल्ला केही वर्षमा धेरै हिट फिल्म दिएकी छिन् ।
यति मात्र नभई आज धेरै कलाकार उनीसँग काम गर्न चाहन्छन् । यसैबीच, निर्देशकहरू पनि उनलाई आफ्नो फिल्ममा लिन चाहन्छन्, त्यसैले उनले एक वर्षमा धेरै फिल्ममा काम गरेकी छिन् ।
तस्बिरमा देखिएकी यी बच्ची किया कियारा आडवाणी हुन् । उनले आफ्नो सुन्दरता र अभिनयले सबैको मन जितेकी छिन् । अभिनेत्रीले सन् २०१४ मा फिल्म फगलीबाट बलिउडमा डेब्यु गरेकी थिइन् । यो फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । तर, सन् २०१६ मा रिलिज भएको फिल्म ‘एमएस धोनी’ बाट कियाराले राम्रो पहिचान बनाउन सफल भएकी थिइन् ।
अभिनेत्री कियाराले कबीर सिंह, गुड न्युज, गिल्टी, लक्ष्मी, इन्दु की जवानी, शेरशाह, भूल भुलैया २ र जुग जुज जियो जस्ता उत्कृष्ट फिल्महरूमा अभिनय गरेकी छिन् ।
कियाराको आगामी फिल्मको बारेमा कुरा गर्दा उनी ‘गोविन्द नाम मेरा, आरसी १५ र सत्य प्रेम की कथा’ मा देखिने भएकी छिन् । उनी गोविन्द नाम मेरामा विक्की कौशलको अपो:-जिटमा देखिनेछिन् । आरसी १५ मा उनी रामचरणको अपो:-जिटमा देखिनेछिन् भने सत्य प्रेम की कथामा कार्तिक आर्यनको अपो:-जिटमा देखिनेछिन् ।