दुई दिनपछि कन्या राशिमा ३ ग्रहको संयोग बन्दै, यी राशिलाई मिल्नेछ भाग्यको साथ !

ज्योतिष शास्त्रका अनुसार सेप्टेम्बर महिनामा कन्या राशिमा ग्रहहरूको चलखेल धेरै हुने भएको छ । सेप्टेम्बर २४ मा सुख र वैभव प्रदान गर्ने शुक्र ग्रह कन्या राशिमा प्रवेश गर्दैछ। जहाँ बुध ग्रह र सूर्य देवता पहिले नै विराजमान छन्, जहाँ वाणी र व्यापारको कारक गृहहरु छन्। कन्या राशिमा शुक्र, बुध र सूर्य सँगै हुँदा त्रिग्रही योग बनिरहेको छ ।

वैदिक ज्योतिषशास्त्रका अनुसार कुनै एक राशिमा दुई वा दुईभन्दा बढी ग्रहहरूले राशि परिवर्तनको साथमा हुन्छन् भने त्यसलाई युती भनिन्छ। ज्योतिषशास्त्रमा ग्रहहरूको राशि परिवर्तनको जति महत्त्व छ, त्यति नै ग्रहहरूको संयोग पनि छ। यसले निश्चित रूपमा सबै राशिका व्यक्तिलाई शुभ-अशुभ प्रभाव पार्छ। सेप्टेम्बर २४ मा सूर्य, बुध र शुक्रको संयोग कन्या राशिमा हुने हुँदा केही राशिका मानिसहरूलाई यसको विशेष प्रभाव र लाभ मिल्नेछ। जान्नुहोस् कुन-कुन राशि ?

वृश्चिक राशि

यस राशिका व्यक्तिहरूलाई सेप्टेम्बर २४ तारिख देखि कन्या राशिमा तीन ग्रहको त्रिग्रही योगबाट शुभ फल मिल्नेछ। यस राशिको कुण्डलीको ११ औं स्थानमा त्रिग्रही योग हुने भएकोले ११ औं घरलाई आय र लाभको स्थान मानिन्छ । यस्तो अवस्थामा आगामी समयमा वृश्चिक राशिका व्यक्तिहरुको आम्दानीमा राम्रो वृद्धि हुनेछ । धन कमाउने उत्कृष्ट अवसरहरू प्राप्त हुनेछन्। मान-सम्मानमा वृद्धि हुनेछ। भाग्यको राम्रो साथ मिल्नेछ, जसका कारण सबै प्रकारका योजनामा ​​सफलता मिल्ने सम्भावना छ।

धनु राशि

 

सेप्टेम्बर २४ पछि कन्या राशिमा सूर्य-बुध-शुक्रको त्रिग्रही योग धनु राशिका व्यक्तिलाई वरदान भन्दा कम छैन। यो योग धनु राशिको कुंडलीको दशौं स्थानमा रहनेछ र राशिको दशौं स्थान व्यापार, काम र जागिरसँग सम्बन्धित छ। यस्तो अवस्थामा तपाईको नाम कार्यस्थलमा रहन्छ। व्यापारमा राम्रो लाभ हुनेछ र काममा एकैसाथ धेरै ठाउँबाट राम्रो प्रस्ताव आउन सक्छ। व्यापारमा राम्रो कारोवार हुँदा भविष्यमा नाफा बढ्ने सम्भावना छ ।

सिंह राशि 

कन्या राशिमा तीन ग्रहको एकसाथ संयोग हुनाले सिंह राशिका लागि शुभ संकेत हो । भाग्यले धेरै साथ दिनेछ। यो त्रिग्रही योग यस राशिको कुण्डलीको दोस्रो स्थानमा रहनेछ । वैदिक ज्योतिषका अनुसार कुण्डलीको दोस्रो स्थान धन र वाणी हो। यस कारणले गर्दा तपाईले अन्य व्यक्तिहरूसँग राम्रो सम्बन्ध स्थापित गर्नुहुनेछ र अचानक आर्थिक लाभको प्रबल सम्भावना छ। मान सम्मानमा बृद्धि हुने देखिन्छ । यो राशिका मानिसहरुको जीवनमा शुभ र ठूला परिवर्तनहरु देखिनेछन् । सुख-सुविधामा वृद्धि हुनेछ।

कर्कट राशि 

कर्कट राशिमा तीन ग्रहको संयोग यस राशिको कुण्तेडलीको तेस्रो घरमा बन्न लागेको छ । तेस्रो घर सुख र राम्रो स्वास्थ्यसँग सम्बन्धित छ। यस अवधिमा तपाईले आफ्नो मानसिक क्षमतामा वृद्धि देख्नुहुनेछ। करियरमा पनि राम्रो प्रगति हुनेछ, जसका कारण आगामी दिनमा आर्थिक अवस्था धेरै राम्रो हुने देखिन्छ। आकस्मिक धन लाभको अवसर आउन सक्छ।

प्रकाशित : बुधबार, असोज ०५, २०७९१७:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सूर्य-राहुको मिलनले अत्यन्तै अशुभ ‘षडाष्टक योग’ को निर्माण, यी ३ राशि रहनु पर्नेछ सावधान !