यस पटक शारदीय नवरात्रि असोज १० देखि सुरु हुँदैछ। ज्योतिष शास्त्र अनुसार यस पटक माता हात्तीमा सवार भएर आउँदैछिन् । यस्तो अवस्थामा धेरै शुभ संयोगहरू हुन्छन् । जसले धेरै राशिमा शुभ प्रभाव पार्न सक्छ। ज्योतिष शास्त्रका अनुसार नवरात्रि धेरै राशिका मानिसका लागि लाभदायक हुन सक्छ भने केहीका लागि सामान्य रहन सक्छ । कुन राशिका लागि यो समय लाभदायक हुन सक्छ, जान्नुहोस् ती राशिहरुको बारेमा…
नवरात्रि असोज १० गते देखि सुरु भएर असोज १८ गतेसम्म चल्नेछ। ज्योतिषशास्त्रका अनुसार कलश स्थापना असोज १० गते बिहान ६:३५ देखि १०:३४ बजेसम्म गर्न सकिन्छ। कलश स्थापनाको लागि यो उत्तम समय हो। नवरात्रिमा माता दुर्गाका नौ रुपको पूजा गरिन्छ । प्रत्येक दिनको आराधनाको फरक फरक महत्त्व बताइएको छ । यी दिनहरुमा विधिपूर्वक माता दुर्गाको पूजा–आराधना गर्नाले सबै प्रकारका सङ्कट हट्ने जनविश्वास छ ।
वृषभ राशि
नवरात्रिको समयमा यस राशिका व्यक्तिहरूले आफ्नो करियरमा राम्रो नतिजा प्राप्त गर्न सक्छन्। आम्दानीमा वृद्धिले आर्थिक बल पनि ल्याउन सक्छ। रोजगारी र व्यवसायीका लागि पनि यो समय राम्रो छ ।
वृश्चिक राशि
वृश्चिक राशिका व्यक्तिको आम्दानीमा वृद्धि हुनसक्छ । आर्थिक लाभ पनि हुनसक्छ । लगानीबाट पनि फाइदा हुन सक्छ । परिवारका सदस्यहरूसँगको सम्बन्ध राम्रो रहनेछ।
कुम्भ राशि
यस समयमा कुम्भ राशिका व्यक्तिले लगानी गरेको स्थानबाट लाभ उठाउन सक्छन् र आर्थिक स्थितिमा सुधार हुनेछ। करियरमा पनि राम्रो नतिजा प्राप्त गर्न सकिनेछ । विगतका समस्याहरू पनि हटाउन सकिन्छ।
धनु राशि
व्यापारमा लाभ हुनसक्छ । सामाजिक प्रतिष्ठा पनि बढ्नेछ। यस कारणले धनु राशिका व्यक्तिको छवि पनि बढ्न सक्छ। तनाव जस्ता समस्या कम गर्न सकिन्छ। व्यक्तिगत जीवन पनि राम्रो हुनेछ।