बालेनको अभियान ललितपुर पुग्यो !

ललितपुर,  ललितपुर महानगरपालिका पनि फुटपाथ र सार्वजनिक स्थान व्यवस्थित गर्ने अभियानमा लाग्ने भएको छ । काठमाडौं महानगरपालिकाले फुटपाथमा रहेका पसल हटाउनुका साथै सार्वजनिक स्थानमा बनाइएका संरचना भत्काइरहेका बेला ललितपुरले पनि सिको गरेको हो ।

महानगरले बुधबार सार्वजनिक सूचना जारी गरेर अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन भनेको छ । नक्सा स्वीकृत विना, मापदण्डविपरीत निर्माण भएका संरचना, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी, अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, सिढी लगायतका संरचना हटाउन महानगरले भनेको हो ।

प्रकाशित : बुधबार, असोज ०५, २०७९०७:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपालका मत्स्य व्यवसायीले नियन्त्रणमा लिए भारतीय माछा, दुई हजार किलो नष्ट गरियो !