बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनपछि चिनियाँ कम्पनीलाई भ्याइनभ्याई !

बेइजिङ–८ सेप्टेम्बरमा बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनपछि चीनको एउटा कारखाना बेलायती झन्डा बनाउन निकै व्यस्त देखियो । एपी समाचार संस्थाका अनुसार बेलायती झन्डा बनाउन १०० भन्दा बढी कामदारलाई छुुट्टाइएको थियो ।

कुटनीतिक दरारपछि चिनियाँ अधिकारीहरुलाई बेलायती महारानीको कफिनमा श्रद्धान्जलि दिन प्रतिबन्ध लगाइरहेका बेला पछिल्लो घटना सार्वजनिक भएको हो ।

सांघाइको दक्षिणमा रहेको शाओक्सिङ चुआङ्दोङ टुर आर्टिकल कम्पनिमा कर्मचारीहरूले दिनमा करिब १४ घन्टासम्म झन्डा बनाउने काममा लगाइएको थियो । महाप्रबन्धक फ्यान एइपिङका अनुुसार उनीहरुले पहिलो सातामा कम्तीमा ५ लाख झन्डा बनाएका थिए ।

अधिकांश झण्डामा रानीको तस्विर र उनको जन्म र मृत्युको वर्ष उल्लेख छ । फ्यानका अनुसार एउटै ग्राहकले हजारौँ झन्डको अर्डर गरेका थिए । महारानी एलिजाबेथको सोमबार अन्तिम संस्कार गरिएको छ ।

प्रकाशित : मङ्गलबार, असोज ०४, २०७९११:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भूकम्पपछि पहाडमा बेपत्ता भएका थिए कामदार, १७ दिनपछि भयो उद्धार !