बढ्यो सुन र चाँदी दुवैको मूल्य !

काठमाडौं,  नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा चार सयले बढेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला ९१ हजार तीन सय सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : मङ्गलबार, असोज ०४, २०७९१०:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सान्जेन जलविद्युतको आइपीओमा आवेदन दिने अन्तिम दिन आज