आउँदो अक्टोबर २३ देखि शनि ग्रहले कन्या राशिमा गोचर गर्दैछ। अर्कोतर्फ, मंगल ग्रह अक्टोबर १६ मा मिथुन राशिमा प्रवेश गर्नेछ। ज्योतिषशास्त्रका अनुसार यसको प्रभाव धेरै राशिमा राम्रो हुनसक्छ। आर्थिक लाभका साथ धेरै राम्रो परिणाम प्राप्त गर्न सकिन्छ। अर्कोतर्फ, ज्योतिषशास्त्रमा ग्रहहरूको राशि परिवर्तनलाई राम्रो र खराब दुबैको रूपमा वर्णन गरिएको छ।
यस्तोमा, आउँदो महिना अक्टोबरमा ग्रहचक्रमा हुने विभिन्न ग्रह-नक्षत्र परिवर्तनका कारण कुन-कुन राशिलाई सबैभन्दा शुभ फल प्राप्त हुनेछ भन्ने बारे जानौं..
वृश्चिक राशि

शनि मार्गमा रहेको कारण यस राशिका व्यक्तिको आम्दानीमा वृद्धि हुनेछ। पारिवारिक जीवनमा चलिरहेको तनाव पनि हट्न सक्छ। वाहन आदिको सुख पनि प्राप्त गर्न सकिनेछ। लगानीका लागि राम्रो समय रहेको छ, आम्दानी गर्न सकिनेछ।
मीन राशि

शनिको यस प्रक्रियाका कारण यस राशिका व्यक्तिहरूलाई यात्राको अवसर मिल्न सक्छ। केही महिनादेखि भइरहेको समस्या पनि कम हुन सक्छ। लाभ मिल्ने सम्भावना छ।
तुला राशि

यस राशिका मानिसले मानसिक तनावबाट मुक्ति पाउनुहुनेछ। आम्दानीमा बृद्धि हुनुका साथै आर्थिक बल प्राप्त गर्न सकिनेछ। व्यक्तिगत जीवन शान्तिमय रहनेछ।
मिथुन राशि

यी राशिका व्यक्तिहरूलाई मंगल ग्रहको गोचरबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा उकालो लाग्नुका साथै काममा पनि राम्रो नतिजा प्राप्त गर्न सकिनेछ।
कर्कट राशि

कर्कट राशिका लागि मंगल ग्रहको गोचर लाभदायी रहनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। कार्यस्थलमा प्रशंसा पनि पाउन सकिनेछ। यो समयमा लगानी गर्दा लाभ मिल्न सक्छ। यस राशिका व्यक्तिहरुको रोकिएको काम यस अवधिमा पूरा हुनसक्छ। साथै, यो नयाँ काम सुरु गर्नको लागि राम्रो समय हुन सक्छ।
