“मलाई नजरबन्दमा राखियो”

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सरकारले नजरबन्दमा राखेको आरोप लगाएका छन्। जबरा बसिरहेको निवासमा सरकारले तालावन्दी गरेसँगै जबराले आफूलाई नजरबन्दमा राखेको आरोप लगाएका हुन्।

“सरकारले मलाई बालुवाटारमै नजरबन्दमा राखेको छ । गेटमा प्रहरी खटाइएको छ। मेरो दृष्टिकोणमा यो नजरबन्द नै हो।”,एक मिडियासँग कुराकानी गर्नेक्रममा जबराले भने। जबराले मंसिर २७ सम्म प्रधानन्यायाधीशकै रूपमा रहने दावी मात्र गरेनन्, सो समयसम्म आफूले क्वार्टर नछाड्ने पनि बताए।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बालुवाटारस्थित निवासबाट निस्किन दिइएको छैन। आइतबार सर्वाेच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर जबरालाई निवासबाट रोक्न रोक लगाइएको हो।

जबरा सर्वाेच्च फर्कने तयारी गरेपछि उननलाई रोक्न बार एसोसिएसनका पदाधिकारी र सदस्यहरु अदालत परिसरमा धर्ना दिएका छन् भने बाक्लो रुपमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ।

शनिबार मध्यरातबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको सांसदको कार्यालय नै सकिएपछि जबरा आइतबार सर्वाेच्च अदालत आउने बताएका थिए। जबरााविरुद्ध १ फागुन २०७८मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो। दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए।

महाभियोगबारे प्रतिनिधिय सभाको महाभियोग सिफारिस समितिले छानबिन गरेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ । समितिको बहुमतले जबराविरुद्ध महाभियोग लगाउन सिफारिस गर्दै शनिबार प्रतिथवेददन बुझाएको थियो ।

प्रकाशित : आइतबार, असोज ०२, २०७९११:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जसपाकी निवर्तमान सांसद रेणुका गुरुङ र पूर्वएआईजी ठाकुर मोहन श्रेष्ठ राप्रपामा !