सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं,नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा ९१ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : आइतबार, असोज ०२, २०७९११:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एक्सनमा पोखरा महानगर, फेवातालका ५०० घर टहरालाई दियो सात दिने अल्टिमेटम !