भोलि मध्यरातिबाट प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय !

काठमाडौं, सरकारले १ असोज मध्यरातिदेखि प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार मध्यराति १२ बजेदेखि संसद्को बर्खे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो १ बजेका लागि बोलाइएको छ । शुक्रबारको बैठकमा धेरै सांसदले आफ्नो बिदाइ मन्तव्य राखेका थिए ।

निर्वाचन आयोगले १ असोजको मध्यरातिदेखि सांसदको कार्यकाल सकिने निर्णय गरेको छ । शुक्रबार आयोगले विज्ञप्ति जारी गर्दै २ असोजमा समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका रहेकाले शनिबार नै सांसदको कार्यकाल सकिने निर्णय गरेको हो ।

प्रकाशित : शुक्रबार, भदौ ३१, २०७९१६:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुदूरपश्चिम सरकारद्वारा मन्त्रिपरिषद् पुर्नगठन: दुई सरकारबाट आउट, दुई इन !