आउँदो १० दिन ग्रहचक्रमा यी २ ग्रहले मच्चाउँनेछन् उथलपुथल: कुन राशिमा पर्ला कस्तो असर ?

ज्योतिषशास्त्रमा ग्रहहरूको राशि परिवर्तनलाई धेरै महत्त्वपूर्ण मानिन्छ। ग्रहहरूको राशि परिवर्तनले सबै राशिहरूमा शुभ र अशुभ प्रभाव पार्छ। कतिपय राशिले शुभ फल प्राप्त गर्छन् भने कतिपय राशिले अशुभ फल प्राप्त गर्छन्। आगामी १० दिनमा सूर्य र शुक्रले राशि परिवर्तन गर्न लागेका छन्। सूर्य र शुक्र परिवर्तनका कारण सबै राशि प्रभावित हुनेछन्। सूर्य र शुक्रको राशि परिवर्तनका कारण सबै राशिको अवस्था कस्तो रहनेछ जानौँ।

मेष राशि 

संयमित हुनुहोस्। मनको शान्तिको लागि प्रयास गर्नुहोस्। आमाको स्वास्थ्यको ख्याल गर्नु होला। जीवन अवस्था अराजक हुन सक्छ। परिवारको सहयोग मिल्नेछ। कार्यस्थलमा बाधा अड्चन आउन सक्छ। आत्मविश्वासको कमी रहनेछ। खानेकुरामा रुचि बढ्नेछ।

वृष राशि 

तपाईं आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ। बोलीमा मिठास रहनेछ। परिवारमा मान सम्मान मिल्नेछ। शैक्षिक कार्यको सुखद नतिजा मिल्नेछ। साथीभाइको सहयोग मिल्नेछ। आम्दानीका श्रोत बढ्नेछन्। खानपानमा ध्यान दिनुहोस्। पेट सम्बन्धि समस्याले सताउन सक्छ। खर्च बढ्न सक्छ।

मिथुन राशि 

मन प्रसन्न रहनेछ। व्यापारिक कार्यमा रुचि बढ्नेछ। आम्दानीको स्थिति सन्तोषजनक रहनेछ। स्वास्थ्यको ख्याल गर्नु होला। मानसिक समस्या बढ्नेछ। परिवारको सहयोग मिल्नेछ। आत्मविश्वासमा कमी आउनेछ। धैर्यताको कमी हुनेछ। कार्यभार बढी हुनेछ।

कर्कट राशि 

संयमित हुनुहोस्। क्रोधबाट बच्ने सक्दो प्रयास गर्नुहोस्। आत्मविश्वासको कमी रहनेछ। काममा केही थप जिम्मेवारी आउन सक्छ। काम बढी हुनेछ। कार्यक्षेत्रमा उच्च-अधिकारीहरूसँग वैचारिक मतभेद हुन सक्छ। व्यापार व्यवसायमा परिवर्तन हुनसक्छ। मनमा निराशा र असन्तुष्टिको भावना रहनेछ।

सिंह राशि 

आत्मविश्वास प्रचुर मात्रामा रहनेछ। मनमा शान्ति पनि रहनेछ। शैक्षिक कार्यको सुखद नतिजा मिल्नेछ। व्यापार व्यावसायमा पनि लाभको अवसर मिल्नेछ। साथीभाइको सहयोग मिल्नेछ। काममा अधिकारीको सहयोग मिल्नेछ। आम्दानी बढ्नेछ। सवारी साधन खरिद गर्न सकिनेछ। बोलीमा कठोरताको प्रभाव रहनेछ।

कन्या राशि 

यस समय मन विचलित हुन सक्छ। व्यापारमा सजग रहनुहोस्। कठिनाइहरू आउन सक्छ। खर्च धेरै हुनेछ। दिनचर्या अस्तव्यस्त हुन सक्छ। स्वास्थ्यको ख्याल गर्नु होला। साथीभाइको सहयोग प्राप्त हुनेछ। धैर्यताको कमी हुनेछ। परिवारमा तनाव उत्पन्न हुन सक्छ।

तुला राशि 

परिवारको सहयोग मिल्नेछ। बुवाबाट धन लाभ हुनसक्छ। पारिवारिक समस्याले सताउन सक्छ। काममा उन्नतिको अवसर मिल्न सक्छ। आम्दानी पनि बढ्नेछ। साथीभाइको सहयोगले व्यापारको मार्ग प्रशस्त हुनेछ।

वृश्चिक राशि 

काममा उत्साह रहनेछ। साथीभाइको सहयोग पनि मिल्नेछ। मिहिनेत बढी गर्नुपर्ने हुनेछ। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला। शैक्षिक कार्यमा ध्यान दिनुहोस्। स्वास्थ्यको ख्याल गर्नु होला। तपाईं आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ। व्यापार व्यवसायमा सुधार आउनेछ। धर्मप्रति श्रद्धा रहनेछ। बुवासँग मतभेद हुनसक्छ।

धनु राशि 

मनमा शान्ति मिल्नेछ। धैर्य राख्ने प्रयास गर्नुहोस्। साथीको सहयोगले आम्दानी बढाउने माध्यम बन्न सक्छ। व्यापार पनि बढ्नेछ। खानपानमा रुचि बढ्नेछ, तर स्वास्थ्यमा सचेत रहनुहोस्। खर्च बढ्नेछ। घरमा सुख बढ्नेछ।

मकर राशि 

संयमित हुनुहोस्। अनावश्यक क्रोध र विवादबाट टाढा रहनुहोस्। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला। अभिभावकको सहयोग प्राप्त गर्न सकिनेछ। सम्पत्ति आम्दानीको स्रोत बन्न सक्छ। धैर्यता कम हुनेछ। कला संगीतमा रुचि बढ्नेछ। शैक्षिक कार्यमा कठिनाइ आउन सक्छ।

कुम्भ राशि 

काममा थप जिम्मेवारी आउन सक्छ। काम बढी हुनेछ। बुवाको स्वास्थ्यको ख्याल गर्नु होला। स्थानान्तरणको सम्भावना रहेको छ। तपाईं आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ। रोकिएका काम बन्नेछन्। शैक्षिक कार्यमा अपेक्षित सफलता मिल्नेछ।

मीन राशि 

मन अशान्त रहनेछ। परिवारको स्वास्थ्यप्रति सचेत रहनुहोला। दाजुभाइ तथा दिदीबहिनीबाट व्यापार व्यवसायमा सहयोग मिल्नेछ। आम्दानी बढ्नेछ। खर्च पनि बढ्नेछ। धेरै क्रोध र जोशबाट बच्नुहोस्। परिवारमा सुख शान्ति छाउनेछ। जीवनसाथीसँग वैचारिक मतभेद हुन सक्छ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ।

प्रकाशित : शुक्रबार, भदौ ३१, २०७९१६:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ३ राशिको जीवनमा संकट नै संकट आउनेछन् आउँदो १५ दिन, सावधान रहन छ आवश्यक !