भोलि सबैभन्दा ठूलो ग्रहले गर्दै राशि परिवर्तन: यी ३ राशिको जीवनमा पर्नेछ सकारात्मक प्रभाव !

राशि परिवर्तनलाई ज्योतिषशास्त्रमा निकै महत्वपूर्ण मानिन्छ। भोली असोज १ गते सूर्य देवले राशि परिवर्तन गर्न लागेका छन्। यस दिन सूर्य भगवान कन्या राशिमा प्रवेश गर्न लागेका हुन्। सूर्य देवताको राशि परिवर्तन गर्नाले कतिपय राशिले शुभ फल मिल्नेछ। जानौँ सूर्यको राशि परिवर्तनले कुन राशिको शुभ दिन सुरु हुनेछ।

मिथुन राशि 

कुनै पनि चिन्ताबाट छुटकारा पाउन सकिन्छ। तपाईंको आर्थिक स्थितिमा परिवर्तन आउन सक्छ। कुनै महत्वपूर्ण कामको शिलशिलामा यात्रामा जानुपर्ने हुन सक्छ। कार्यक्षेत्रमा उच्च-अधिकारीहरूसँगको सम्बन्ध राम्रो रहनेछ। तपाईंको आर्थिक अवस्था राम्रो रहनेछ तर कुनै पनि काम होसियारीपूर्वक गर्नु होला।

कन्या राशि 

व्यापार-व्यवसायबाट राम्रो लाभ मिल्नेछ। जे चाहानुहुन्छ, काम पूरा हुने सम्भावना छ। पार्टनरबाट लाभ मिल्नेछ। दैनिक काममा फाइदा हुनेछ। पारिवारिक समस्या समाधान गर्ने मौका मिल्नेछ। सामाजिक क्षेत्रमा तपाईंको मान सम्मान बढ्नेछ। कार्यक्षेत्रमा उच्च-अधिकारीहरू तपाईंको कार्य देखेर खुसी हुनेछन्। आर्थिक लाभ हुने अपेक्षा गरिएको छ। केही शुभ समाचार प्राप्त हुन सक्छ।

वृश्चिक राशि 

यस समयमा तपाईंले लिएको निर्णयले ठूलो फाइदा दिनेछ। पुराना रोकिएका कामहरु पुरा हुनेछन्। धन लाभ हुन सक्छ, लागेको ऋण पनि चुक्ता हुनेछ। कार्यक्षेत्रमा उच्च-अधिकारीहरुसँग खुसीको वातावरण रहनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।

प्रकाशित : शुक्रबार, भदौ ३१, २०७९१५:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलिबाट सुरु हुनेछ ३ राशिका सुखका दिन : सूर्य गोचरले बनाउँछ मालामाल, हट्नेछ पैसाको अभाव