राजामौलीको फिल्ममा एक साथ देखिँदै महेश बाबु र आलिया, फिल्मको बजेट हुनेछ ८०० करोड !

एजेन्सी- बलिउड अभिनेत्री आलिया भट्ट अहिले प्रदर्शनमा आएको फिल्म ब्रह्मास्त्रलाई लिएर निकै चर्चामा छिन् भने अर्कोतिर अभिनेत्रीको गर्भावस्थाको पनि चर्चा छ । अहिलेको समयमा आलिया भट्टका तस्बिर र भिडियो सामाजिक सञ्जालमा निकै भाइरल हुने गरेको छ । त्यस्तै फ्यानहरू पनि उनको बारेमा थप जान्न चाहन्छन्। यसैबिच, आलियाले एसएस राजामौलीसँग एउटा फिल्म साइन गरेकी छिन्, जसमा उनी महेश बाबुसँग देखिने भएकी छिन् ।

ओभ;-रसीज सेन्सर बोर्डका सदस्य उमैर सन्धु सामाजिक सञ्जालमा निकै सक्रिय छन् र प्रायः सिनेमासँग सम्बन्धित ट्वी:ट गर्छन्। यस्तो अवस्थामा अब उमैरले आलिया नयाँ फिल्ममा अनुबन्धित भएको जानकारी दिएका छन् । आलियाको डेलिभरीपछि यो फिल्मको सुटिङ सुरु बताएको छ । मिडिया रिपोर्टका अनुसार फिल्मको बजेट ८०० करोड भारु रहेको छ ।

अहिलेको समयमा आलिया भट्ट आफ्नो फिल्म ब्रह्मास्त्रलाई लिएर चर्चामा छिन्। यो फिल्ममा उनी पहिलो पटक रणवीर कपूरको अपो:-जिट देखिएकी छिन् । आलियाको आगामी फिल्मको बारेमा कुरा गर्दा, आलिया भट्ट रणवीर सिंहसँग फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा देखिनेछिन्।

त्यस्तै आलिया ‘जी ले जरा’ मा कट्रिना कैफ र प्रियंका चोपडासँग स्क्रिन सेयर गर्दै देखिनेछिन् । यस बाहेक आलिया विजय वर्मा र शेफाली शाहको साथ फिल्म ‘डार्लि:-ङ्स’ मा देखिनेछिन् ।

प्रकाशित : शुक्रबार, भदौ ३१, २०७९१२:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

खराब समिक्षाको बाबजूद पनि बक्स अफिसमा किन सफल भयो ‘ब्रह्मास्त्र’ ? यस्ता छन् ५ कारण