काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साथी बनाउँदा प्रचण्डले छुरी रोपेको आरोप लगाएका छन्। बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ओलीले आफूलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुरी रोपेको आरोप लगाएका हुन्।
बिहीबार पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्डलाई साथी बनाउँदा आफूलाई धोका भएको बताए। ओलीले प्रचण्डले अंगालो मारेर छुरी रोपेको आरोप लगाए।
“प्रचण्डको एउटा भिडियो हेर्नुभयो होला नि १ मैले त केपी ओलीलाई सदस्यबाट पनि निकालेको थिएँ भन्ने। निकालेकै हो । मैले प्रचण्डलाई आउनुस् मित्र एकीकृत पार्टी बनाऔं, बलियो वामपन्थी कम्युनिस्ट पार्टी बनाऔं, समाजवादतर्फ एकतावद्ध भएर अगाडि बढौँ भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ।”,ओलीले भने।
प्रचण्डलाई आफूले अँगालो नै हालेको ओलीको भनाई छ। तर अँगालो हाल्दा प्रचण्डले ग्वाम्म छुरी नै रोपेको ओलीले आरोप लगाए। उनले भने,”हात मिलाएको मात्र होइन, मैले अँगालो हालेको थिएँ, प्रचण्ड हात लुकाईलुकाई हिँड्थे, म अलिकति सचेत थिएँ। नभन्दै मैले अँगालो मारेँ, प्रचण्डले ग्वाम्म छुरी रोपे।”