पर्सिबाट काठमाडौं महानगरमा धूम्रपान निषेध !

काठमाडौं,  काठमाडौं महानगरपालिका क्षेत्र आगामी शनिबारदेखि धूम्रपान निषेध गरिने भएको छ ।

महानगरले आज बिहीबार सार्वजनिक सूचना जारी गरी ‘असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध’ लगाइएको जानकारी दिएको छ ।

अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ । सरकारले २०६८ सालमा नै सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन र नियमावली ल्याएको थियो ।

प्रकाशित : बिहिबार, भदौ ३०, २०७९१०:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

काठमाडौंका सार्वजनिक स्थलमा धूम्रपान र सुर्ति सेवन गर्नेलाई के हुन्छ सजाय ? यस्तो छ व्यवस्था !