शाहरुखको नयाँ फिल्म ‘जवान’ मा दमदार एक्सन, एकै सिक्वेन्समा २०० महिला प्रयोग हुने !

मुम्बई,  बलिउड अभिनेता शाहरुख खान हालै रिलिज फिल्म ‘ब्रह्मास्त्र’ केमियो भूमिकामा देखिएका थिए । उनको भूमिकालाई दर्शकले मन पनि पराए । यसबाहेक उनी ‘लाल सिंह चड्डा’मा पनि केमियोमै थिए ।

शाहरुख पछिल्लोपटक सन् २०१८ मा फिल्म ‘जीरो’ मा प्रमुख भूमिकामा देखिएका थिए । सन् २०२३ मा यी अभिनेता तीन फिल्ममा देखिँदैछन् । जसमा फिल्म ‘जवान’ पनि छ ।

समाचारअनुसार शाहरुखको ‘जवान’ को एक्सन सिक्वेन्सको सुटिङमा दुई सय महिला हुनेछन् । शाहरुख यसै साता इटली कुमारको निर्देशनमा बनिरहेको फिल्मको एक एक्सन दृश्य चेन्नईमा सुटिङ गर्दैछन् । यसका लागि मुम्बईमा ठूलो सेट बनाइएको छ भने दुई सयदेखि दुई सय ५० जनासम्म महिला प्रबद्र्धन अधिकारीको भीड जम्मा गरिनेछ ।

यो एक्सन सिक्वेन्स सात दिनसम्म छायांकन गरिनेछ । त्यसपछि बाँकी तीन हप्ताका लागि शाहरुख फिल्मका अन्य दृश्य सुटिङमा व्यस्त हुनेछन् ।

प्रकाशित : बुधबार, भदौ २९, २०७९१४:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपाली बालिकाको भिडियो शेयर गर्दै रश्मिका भन्छिन् – ‘म यो क्युटीलाई भेट्न चाहन्छु’ मन्त्रमुग्ध