सुख-समृद्धि दिने शुक्र ग्रह कन्या राशिमा प्रवेश गर्दै: यी ३ राशिको चम्किनेछ भाग्य !

वैदिक ज्योतिषमा शुक्र ग्रहलाई सुख, वैभव, सौन्दर्य, भोग-विलास, विवाह र ऐश्वर्य प्रदान गर्ने ग्रह मानिन्छ। शुक्रदेव यही महिना २४ सेप्टेम्बर बिहान करिब ९:०६ बजे कन्या राशिमा बुध राशिमा प्रवेश गर्नेछन्, जहाँ उनले पहिले नै बसेका सूर्य देवतासँग संयोग बनाउनेछन्। यो संयोगले कुनै राशिका मानिसहरूमा प्रतिकूल प्रभाव पार्छ भने, कुनै राशिमा यसको सकारात्मक प्रभाव देखिन्छ। कन्या राशिमा शुक्रको गोचरले कुन राशिका मानिसलाई सकारात्मक असर गर्छ भन्ने कुरा जानौं।

वृष राशि 

यस राशिको शासक ग्रह शुक्र ग्रह हो। शुक्र ग्रहलाई सुख-समृद्धि प्रदान गर्ने ग्रह मानिन्छ, यसकारण धनकी देवी लक्ष्मीलाई प्रसन्न पार्न हरेक शुक्रबार व्रत र उपाय गरिन्छ। यो राशिका मानिसहरुको भाग्यमा परिवर्तन आउने संकेत देखिन्छ। व्यापार व्यावसायमा राम्रो लाभ हुने सम्भावना छ। शुक्र कन्या राशिमा प्रवेश गरेपछि यस राशिका मानिसका अधुरा मनोकामना पूरा हुनेछन्। मान सम्मान बढ्ने संकेत छ। सुख-सुविधा र विलासितामा वृद्धि हुनसक्छ। लगानीबाट राम्रो आम्दानी गर्न सकिनेछ।

मिथुन राशि 

भाग्यले साथ दिँदा हरेक क्षेत्रमा विजय हासिल हुनेछ। आम्दानी बढ्नेछ। धन लाभ मिल्नेछ। दाम्पत्य जीवनमा पार्टनरबाट राम्रो सहयोग मिल्नेछ। रोजगारीका लागि यो समय वरदानभन्दा कम हुनेछैन। यो राशिका व्यक्तिहरुलाई कतैबाट अचानक धन प्राप्ति हुन सक्छ। कानुनी मामिलामा जित हुनेछ। जीवनमा खुशी आउनेछ। घर किन्ने इच्छा पूरा हुनेछ।

कन्या राशि 

कन्या राशि हुनेहरुको लागि आगामी दिन निकै शुभ र सुनौलो रहनेछ। हरेक मामिलामा जित हुनेछ। जसका कारण तपाईंको आत्मविश्वास निकै उच्च हुनेछ। करियरमा नयाँ उचाइ हासिल गर्नुहुनेछ। वैदेशिक यात्राको सम्भावना छ। सम्पत्तीको मामलामा तपाईं रमणीय यात्रा गर्न सक्नुहुनेछ। लगानीका लागि समय निकै राम्रो रहनेछ।

प्रकाशित : मङ्गलबार, भदौ २८, २०७९१६:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ४ राशिलाई सुनको औंठी लगाउनु हुन्छ निकै शुभ, मिल्नेछ लाभ नै लाभ !