‘युक्रेनले रुसबाट फिर्ता लियो ६ हजार वर्ग किलोमिटर क्षेत्र’

किभ, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले यस महिना रुसी सेनाविरुद्धको प्रतिआक्रमणमा ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लिएको छ ।

“सेप्टेम्बरको सुरुदेखि,हाम्रा सैनिकहरूले पूर्व र दक्षिणमा ६ हजार वर्ग किलोमिटर युक्रेनी क्षेत्रलाई मुक्त गरिसकेका छन् । हामी अझ अगाडि बढिरहेका छौं’, जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा भने ।

युक्रेनले उत्तरपूर्वी खार्किभ क्षेत्रमा इज्युम, कुपियान्स्क र बालाक्लिया सहरसहित दर्जनौं क्षेत्रहरू पुनः कब्जा गरेको छ ।
पछिल्लो २४ घण्टामा सुरक्षाकर्मीहरूले सत्रुद्धारा कब्जा गरिएका २० बस्तीहरू फिर्ता गराएको र ती क्षेत्र अहिले हाम्रो पूर्ण नियन्त्रणमा रहेका युक्रेनी सेनाका एक अधिकारीले बताएका छन् ।

प्रकाशित : मङ्गलबार, भदौ २८, २०७९०८:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ताइवानमाथि चीनले हमला गरे अमेरिकी सेनाले रक्षा गर्ने बाइडेनको घोषणा !